बैतडीमा जिप दुर्घटना हुँदा १ जना घाइते

युग संवाददाता     239 पटक पढिएको    

बैतडीमा जिप दुर्घटना हुँदा १ जना घाइते

बैतडी / बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । घाइतेको परिचय खुलेको छैन ।

खोलामा हालिएको साँघुरो पुलबाट गाडी खस्न गई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



शनिबार २८, जेठ २०७९ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.