कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन आज हुँदै

युग संवाददाता     624 पटक पढिएको    

कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन आज हुँदै

धनगढी /  कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन आज शनिवार हुँदैछ। आज बिहान ९ बजे देखी साँझ ६ बजे सम्म हुने निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन् ।

वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर आज चुनावी मैदानमा होमिएका छन् ।कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका हुन्। त्यस्तै स्वतन्त्र रूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

यद्धपी दुवै प्यानल आफ्नो जित सुनिश्चित हुने बताइरहेका छन् । कैलाली उद्योग वाणिज्य सङ्घको प्राङ्गणमा हुने निर्वाचनमा मतदान गर्न उद्योग वाणिज्य सङ्घको परिचयपत्रका साथै नेपाल सरकारको कुनै परिचय पत्र पनि साथमा बोकेर आउन व्यवसायीमा अनुरोध गरिएको छ ।



शनिबार २८, जेठ २०७९ ०८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal