धनगढी / कैलालीमा छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका–१ का अन्दाजी ३६ वर्षीय विष्णुबहादुर पुन मगरको नदीमा डुबेर ज्यान गएको हो ।
मृतकको मानसिक अवस्था ठीक नरहेको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । नदीमा डुबेर मान्छेको ज्यान गएको भनेर स्थानीय वडा अध्यक्षले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
यसैगरी, टीकापुर–८ स्थित भौना तालमा डुबेर सोही ठाउँका ६५ वर्षीय वृद्ध गोपाल साउँदको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भैसी चराउन गएका बेला साउँद तालमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । मृतकको शव निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
प्रतिकृया दिनुहोस