कैलालीमा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ

युग संवाददाता     594 पटक पढिएको    

कैलालीमा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ

धनगढी / कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चुरेका २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन्। 

जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ। 



शुक्रबार २०, जेठ २०७९ ०८:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal