बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्दलाई कारवाही

युग संवाददाता     1083 पटक पढिएको    

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्दलाई कारवाही

 

बैतडी  फागुन  बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।


२०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। यस्तै राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई भोट नदिएकोले चन्दमाथि कारवाही गरिएको विज्ञप्तीमा उल्लेख छ। एमालेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले पार्टीको हित विपरीत काम गरेको, स्पष्टीकरण सोध्दा समेत नदिएको, राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई भोट नदिएकोले चन्दमाथि कारवाही गरिएको जनाएको छ ।



बुधबार २५, फागुन २०७८ ०५:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal