नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन फागुन १५ मा

युग संवाददाता     699 पटक पढिएको    

नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन फागुन १५ मा


धनगढी फागुन १२।  नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन फागुन १५ गते नै हुने हुने भएको छ। पटक–पटक सर्दै आएको जिल्ला अधिबेशन फागुन १३ गतेका लागि तोकिएको थियो। फेरि १५ गतेलाई सारिएको थियो।

कैलालीसँगै १६ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन हुन सकेको छैन। अहिले भने एमसीसी टेबल भएसँगै काँग्रेसले आफ्ना प्रतिनिधि सभा सदस्यलाई अनिवार्य सहभागिताको ह्विप जारी गरेपछि पुनः अधिवेशन सरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। तर कैलालीमा भने काँग्रसका प्रतिनिधि सभा सदस्य नभएका कारण फागुन १५ नै जिल्ला अधिवेशन हुने नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायाण शाहले बताए।



बिहिबार १२, फागुन २०७८ ०४:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal