देशका आधा संक्रमित उपत्यकामै, सक्रिय संक्रमित अझै बढी

युग संवाददाता     723 पटक पढिएको    

देशका आधा संक्रमित उपत्यकामै, सक्रिय संक्रमित अझै बढी

काठमाडौं माघ १। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६ सय ३६ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिनेमध्ये झन्डै आधा संक्रमित अर्थात् २ हजार २ सय १९ जना काठमाडौं उपत्यकामै मात्रै थपिएका छन् ।

जसमा काठमाडौंका १५९१, भक्तपुरका १४२ र ललितपुरका ४८६ संक्रमित थपिएका छन् । आज १० हजार ४ सय १२ जनाको पीसीआर र ४ हजार १ सय ४४ जनाको एन्टिजेन विधि गरी १४ हजार ५ सय ५६ जनाको नमूना परीक्षण हुँदा संक्रमण दर ३१।५ प्रतिशत देखिएको छ ।  

यस अवधिमा ३ सय ५० जनामात्र संक्रमणमुक्त भएका छन् । थप ४ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक एकदुई जनाको मृत्यु भइरहेका बेला आज मृत्यु हुनेको संख्या बढेर ४ जना पुगेको हो । 

यस्तै सक्रिय संक्रमितको संख्या समेत बढेर २१ हजार ५ सय ८४ पुगेको छ । 

जसमा १२ हजार ८ सय १४ अर्थात् आधा बढी काठमाडौं उपत्यकाकै हुन् । जसमा काठमाडौंका ९ हजार ६१, भक्तपुरका १ हजार ३७१ तथा ललितपुरका २ हजार ३८२ जना हुन् । 



आइतबार ०२, माघ २०७८ ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.