धनगढी,२० पुस
राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सुदूरपश्चिममा उम्मेद्वारी दर्ता गराएका छन् ।
गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक÷एक जनाले उम्मेदवार दर्ता गराएका हुन् ।
मंगलबार सुदुरपश्चिम प्रदेशको राजधानी रहेकने धनगढी स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायणदत्त मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा कैलालाकी गरिमा शाहले उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
गठबन्दन उम्मेद्वार नारा जुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
प्रतिकृया दिनुहोस