धनगढी मंसिर १६ नेपाली काँग्रेसको १४ औं महाधिवशेनका शिलशिलामा आजदेखि सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आरम्भ हुदैछ ।
धनगढीमा हुने पहिलो अधिवेशनको दिउसो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको अधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ ।
उद्घाटन कार्यक्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।सशांक कोइराला लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिवशेन मुल व्यवस्थापन समितिका संयोजक तथा कैलाली काँग्रेस सभापति नरनारायण शाहले प्रदेशको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए ।
प्रथम प्रदेश अधिवेशनमा प्रदेशका नौ जिल्ला र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट गरी नौ सय ७२ जना प्रतिनिधिले भाग लिने जनाइएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रमसंगसगै चुनावी प्रक्रिया पनि अघि बढाइने व्यवस्थापन समितिले जनाएको छ । आज ९बिहीबार० बिहान नौ बजेदेखि केन्द्रीय कार्यसमितिले तयार गरेको कार्यतालिका अनुसार मतदाता नामावाली प्रकाशन गरिने छ ।
भने भोली ९शुक्रबार० मनोनयनपत्र दाखिला प्रक्रिया अघि बढाइने छ । काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारीसहित ५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस