प्रवृत्तिमा परिवर्तन

Yugnepal     1062 पटक पढिएको    

प्रवृत्तिमा परिवर्तन

तिखेर देश अधिवेशनमय छ । साम्यवादी विचारधाराका विभिन्न दार्शनिकहरुको विचार र सिद्धान्तलाई पार्टीको आदर्श बनाएको कम्युनिष्ट पार्टी नेकपा एमालेको अधिवेशन भर्खर सम्पन्न भएको छ । सँगसँगै ईतिहासको कुनै समय एकछत्र राज गर्दाको सहयोग पाएको शक्ति राजसंस्थाको भक्तिगान गाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समेत महाधिवेशनको संघारमा छ । हिंसाको राजनितिबाट निखारिंदा निखारिंदै खिरिएर सानो भैसकेको नेकपा माओवादी केन्द्रले समेत विभिन्न तहमा सम्मेलनको आयोजना गर्दै छ । भने अर्को नेपालको एकमात्र प्रजातन्त्रवादी पार्टी नेपाली काँग्रेसले वडा तहदेखि नै निर्वाचन गर्दै, पालिका, प्रदेशस्तरिय निर्वाचन क्षेत्र, संघ स्तरिय निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशन गर्दै अब प्रदेश तहको र केन्द्रको अधिवेशन गर्ने तयारीमा रहेको छ । 

    यि पार्टीहरुको अधिवेशनको तुलनात्मक रुपले अध्ययन गर्दा प्रजातान्त्रिक मुल्य र मान्यतालाई आदर्श मानेको काँग्रेसको अधिवेशन अलि बढी प्रजातान्त्रिक देखिएको अवश्य छ। तर सिद्धान्ततः प्रजातान्त्रिक देखिएको चुनावलाई व्यवहारिक रुपमा गुट र उपगुटको संस्कारले पूर्णरुपमा प्रजातान्त्रिक हुन दिएको छैन । प्रजातन्त्रमा सर्वशक्तिमान जनता हुन् । शक्ति सधैं जनताको वरीपरी हुनुपर्ने हुन्छ । तर यहाँ जनता आफैंले आफ्नो शक्ति पार्टीको ठेक्का पाएका कथित नेतागणलाई सुम्पिएका छन् ।
शायद त्यसैले होला लौहपुरुष गणेशमान सिंहले जनतालाई भेंडाको उपमा दिनुपरेको । शक्ति जनताबाट श्रृजित भएर आएको भए नेताहरु जनताकै वरिपरी घुमिरहनेथिए होलान् तर यहाँ शक्ति कथित नेताको कब्जामा रहेको भएर जनताहरु नेताकै चाकरी गर्दै पछिपछि घुम्दै हिंड्ने प्रवृत्ती यसपटक पनि कायम नै रह्यो । 
मलाई अहिले यतिखेर नेपाली काँग्रेसको प्रदेश अधिवेशन सरेको कारणले झन् सबैभन्दा आश्चर्यचकित बनाएको छ । काँग्रेसका नेताहरुले आफ्नो समुह बनाउन नसकेर प्रदेश अधिवेशनको समयतालिका परिमार्जित।ूभन्ने समाचारले म स्तब्ध भएको छु । नेपाली काँग्रेसको वडा ईकाइका क्रियाशिल सदस्यबाट चुनिएर आएका क्षेत्रिय प्रतिनिधिहरुको मत जितेर आएका प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरु को कहाँबाट उठ्ने भन्ने कुरा उनिहरुको विवेकले निर्धारण गर्दैन, उनिहरुलाई मत दिने प्रतिनिधिहरुको आवाजमा भर पर्दैन तर उनिहरु कुन् पदमा कहाँ उठ्ने भन्ने कुरा गुट चलाएर शक्तिलाई सधैं कब्जा गर्ने कथित नेताको जमातले निर्धारण गर्छ । यसबाट मैले नेपाली काँग्रेसमा यतिखेरै परिवर्तन आउँछ भनी आश गरेको कुरा अहिले सार्थक हुन्छ भन्ने कुरामा अहिले विश्वास गर्न सकिरहेको छैन । 
तथापि नेपाली काँग्रेस जनताको पार्टी हो । प्रजातन्त्र नेपाली काँग्रेसको रक्तप्रवाह हो । त्यसैले नेपाली काँग्रेस पटक पटक यसरी नै जनतामा जाने नै छ । यसपटक हुन नसकेको परिवर्तन अर्कोपटकको महाधिवेशनमा हुन्छ भन्ने आशा आम काँग्रेसीले फेरी पनि गरेका छन् । राजनिति गर्नको लागि गुटमा नै छिर्नुपर्ने रहेछ भन्ने राजनितिमा लागेका मानिसहरुको गलत सोचलाई परिवर्तन गर्न जरुरी छ । गुटगत राजनैतिक प्रवृत्ति चिर्दै राजनितिलाई विकासको मार्गमा अगाडी बढाउनुपर्छ भन्ने आवाज यतिखेर नेपाली काँग्रेसमा गुञ्जन थालेको छ । यो आवाजलाई बुलन्द बनाउनु छ । गुटको राजनिति नगर्नाले कोही व्यक्ति राजनितिमा सफल होला नहोला बेग्लै कुरा तर राजनिति सफल हुनको लागि गुटको प्रवृत्ति पूर्णरुपमा परिवर्तन हुनुपर्छ भन्ने कुरालाई मजस्ता आम काँग्रसीले विश्वास गरेको विषय हो । मलाई आशा छ नेपाली काँग्रेसले आम काँग्रेसीको जनमतको कदर कुनै दिन अवश्य गर्ने नै छ ।  
अन्तमा अहिले देशभरिबाट जितेर आउनुभएका नेपाली काँग्रेसका प्रतिनिधिहरुलाई म फेरी पनि आव्हान गर्दछु । तपाईंहरुको शक्ति भनेको जनता हुन् नेपाली काँग्रेसको केन्द्रमा बसेर पार्टीलाई पेवा बनाएका नेताहरु हैनन् । तपाईंहरु जनताको मत जितेर यो अस्तित्व बनाउनुभएको हो । यतिखेर जनताको आवाजको प्रतिनिधित्व गर्नुस् । गुटको प्रवृत्तिलाई परिवर्तन गर्न केही टेवा पुर्याउनुहोस् । काँग्रेसलाई गुटको रोगबाट ग्रस्त बनाएका नेताहरुलाई तिरस्कार गर्ने हिम्मत गर्नुस् । राजनिति जनताको लागि गर्नुहोस् । राजनिति विकासको लागि गर्नुहोस् । नेताको लागि गर्ने राजनिति तथा गुटको लागि गर्ने राजनितिले कहिल्यै कुनै परिवर्तन गर्ने छैन । राजनिति कहिल्यै विकासको मार्गमा अघि बढ्ने छैन । राजनितिलाई परिवर्तनको संवाहक बनाऔं । प्रजातन्त्रलाई संस्थागत गरौं । राजनितिले परिवर्तनको आश गर्ने हो भने सबैभन्दा पहिला राजनैतिक प्रवृत्तिमा परिवर्तन गरौं ।
नेपालका राजनैतिक पार्टीहरुलाई महाधिवेशनको शुभकामना । जयनेपाल । बनाउँ नेपाल ।  
 प्रवृत्तिमा परिवर्तन
यतिखेर देश अधिवेशनमय छ । साम्यवादी विचारधाराका विभिन्न दार्शनिकहरुको विचार र सिद्धान्तलाई पार्टीको आदर्श बनाएको कम्युनिष्ट पार्टी नेकपा एमालेको अधिवेशन भर्खर सम्पन्न भएको छ । सँगसँगै ईतिहासको कुनै समय एकछत्र राज गर्दाको सहयोग पाएको शक्ति राजसंस्थाको भक्तिगान गाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समेत महाधिवेशनको संघारमा छ । हिंसाको राजनितिबाट निखारिंदा निखारिंदै खिरिएर सानो भैसकेको नेकपा माओवादी केन्द्रले समेत विभिन्न तहमा सम्मेलनको आयोजना गर्दै छ । भने अर्को नेपालको एकमात्र प्रजातन्त्रवादी पार्टी नेपाली काँग्रेसले वडा तहदेखि नै निर्वाचन गर्दै, पालिका, प्रदेशस्तरिय निर्वाचन क्षेत्र, संघ स्तरिय निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशन गर्दै अब प्रदेश तहको र केन्द्रको अधिवेशन गर्ने तयारीमा रहेको छ । 
    यि पार्टीहरुको अधिवेशनको तुलनात्मक रुपले अध्ययन गर्दा प्रजातान्त्रिक मुल्य र मान्यतालाई आदर्श मानेको काँग्रेसको अधिवेशन अलि बढी प्रजातान्त्रिक देखिएको अवश्य छ। तर सिद्धान्ततः प्रजातान्त्रिक देखिएको चुनावलाई व्यवहारिक रुपमा गुट र उपगुटको संस्कारले पूर्णरुपमा प्रजातान्त्रिक हुन दिएको छैन । प्रजातन्त्रमा सर्वशक्तिमान जनता हुन् । शक्ति सधैं जनताको वरीपरी हुनुपर्ने हुन्छ । तर यहाँ जनता आफैंले आफ्नो शक्ति पार्टीको ठेक्का पाएका कथित नेतागणलाई सुम्पिएका छन् । शायद त्यसैले होला लौहपुरुष गणेशमान सिंहले जनतालाई भेंडाको उपमा दिनुपरेको । शक्ति जनताबाट श्रृजित भएर आएको भए नेताहरु जनताकै वरिपरी घुमिरहनेथिए होलान् तर यहाँ शक्ति कथित नेताको कब्जामा रहेको भएर जनताहरु नेताकै चाकरी गर्दै पछिपछि घुम्दै हिंड्ने प्रवृत्ती यसपटक पनि कायम नै रह्यो । 
मलाई अहिले यतिखेर नेपाली काँग्रेसको प्रदेश अधिवेशन सरेको कारणले झन् सबैभन्दा आश्चर्यचकित बनाएको छ । ूकाँग्रेसका नेताहरुले आफ्नो समुह बनाउन नसकेर प्रदेश अधिवेशनको समयतालिका परिमार्जित।ूभन्ने समाचारले म स्तब्ध भएको छु । नेपाली काँग्रेसको वडा ईकाइका क्रियाशिल सदस्यबाट चुनिएर आएका क्षेत्रिय प्रतिनिधिहरुको मत जितेर आएका प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरु को कहाँबाट उठ्ने भन्ने कुरा उनिहरुको विवेकले निर्धारण गर्दैन, उनिहरुलाई मत दिने प्रतिनिधिहरुको आवाजमा भर पर्दैन तर उनिहरु कुन् पदमा कहाँ उठ्ने भन्ने कुरा गुट चलाएर शक्तिलाई सधैं कब्जा गर्ने कथित नेताको जमातले निर्धारण गर्छ । यसबाट मैले नेपाली काँग्रेसमा यतिखेरै परिवर्तन आउँछ भनी आश गरेको कुरा अहिले सार्थक हुन्छ भन्ने कुरामा अहिले विश्वास गर्न सकिरहेको छैन । 
तथापि नेपाली काँग्रेस जनताको पार्टी हो । प्रजातन्त्र नेपाली काँग्रेसको रक्तप्रवाह हो । त्यसैले नेपाली काँग्रेस पटक पटक यसरी नै जनतामा जाने नै छ । यसपटक हुन नसकेको परिवर्तन अर्कोपटकको महाधिवेशनमा हुन्छ भन्ने आशा आम काँग्रेसीले फेरी पनि गरेका छन् । राजनिति गर्नको लागि गुटमा नै छिर्नुपर्ने रहेछ भन्ने राजनितिमा लागेका मानिसहरुको गलत सोचलाई परिवर्तन गर्न जरुरी छ । गुटगत राजनैतिक प्रवृत्ति चिर्दै राजनितिलाई विकासको मार्गमा अगाडी बढाउनुपर्छ भन्ने आवाज यतिखेर नेपाली काँग्रेसमा गुञ्जन थालेको छ । यो आवाजलाई बुलन्द बनाउनु छ । गुटको राजनिति नगर्नाले कोही व्यक्ति राजनितिमा सफल होला नहोला बेग्लै कुरा तर राजनिति सफल हुनको लागि गुटको प्रवृत्ति पूर्णरुपमा परिवर्तन हुनुपर्छ भन्ने कुरालाई मजस्ता आम काँग्रसीले विश्वास गरेको विषय हो । मलाई आशा छ नेपाली काँग्रेसले आम काँग्रेसीको जनमतको कदर कुनै दिन अवश्य गर्ने नै छ ।  
अन्तमा अहिले देशभरिबाट जितेर आउनुभएका नेपाली काँग्रेसका प्रतिनिधिहरुलाई म फेरी पनि आव्हान गर्दछु । तपाईंहरुको शक्ति भनेको जनता हुन् नेपाली काँग्रेसको केन्द्रमा बसेर पार्टीलाई पेवा बनाएका नेताहरु हैनन् । तपाईंहरु जनताको मत जितेर यो अस्तित्व बनाउनुभएको हो । यतिखेर जनताको आवाजको प्रतिनिधित्व गर्नुस् । गुटको प्रवृत्तिलाई परिवर्तन गर्न केही टेवा पुर्याउनुहोस् । काँग्रेसलाई गुटको रोगबाट ग्रस्त बनाएका नेताहरुलाई तिरस्कार गर्ने हिम्मत गर्नुस् । राजनिति जनताको लागि गर्नुहोस् । राजनिति विकासको लागि गर्नुहोस् । नेताको लागि गर्ने राजनिति तथा गुटको लागि गर्ने राजनितिले कहिल्यै कुनै परिवर्तन गर्ने छैन । राजनिति कहिल्यै विकासको मार्गमा अघि बढ्ने छैन । राजनितिलाई परिवर्तनको संवाहक बनाऔं । प्रजातन्त्रलाई संस्थागत गरौं । राजनितिले परिवर्तनको आश गर्ने हो भने सबैभन्दा पहिला राजनैतिक प्रवृत्तिमा परिवर्तन गरौं ।
नेपालका राजनैतिक पार्टीहरुलाई महाधिवेशनको शुभकामना । जयनेपाल । बनाउँ नेपाल ।  

लेखक= अधिवक्ता सरोज अधिकारी


बुधबार १५, मङि्सर २०७८ ०६:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.