दुर्गानाथ खरेल
एउटा साझा भाषा जातिको विशिष्ट लक्षण हो । एउटा साझा इलाका पनि जातिको विशिष्ट लक्षण हो । अर्को विशिष्ट लक्षण साझा आर्थिक जीवन वा आर्थिक सम्बद्धता पनि हो । तिनीहरूका अतिरिक्त साझा संस्कृतिमा ब्यक्तिने एउटा साझा मनोवैज्ञानिक स्वरूप पनि जातिको विशिष्ट लक्षण हो ।
जाति भनेको कुनै नस्लीय वा प्रजातीय समुदाय होइन बरु मानिसहरूको एउटा स्थिर समुदाय हो, कुनै अनियमित वा क्षणिक जमघट होइन ।
एउटा साझा भाषाको अभावमा जातीय समुदायको कल्पना गर्न सकिन्न तर राज्यको निम्ति एउटा साझा भाषा हुनैपर्छ भन्ने छैन । जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन र साझा संस्कृतिमा व्यक्तिने मनोवैज्ञानिक स्वरूपको आधारमा निर्मित एक ऐतिहासिक रूपले स्थापित स्थिर जनसमुदाय हो ।
वास्तवमा जातिको एउटा विशिष्ट लक्षण भन्ने छैन, यहाँ लक्षणको कुल जोड मात्रै छ । जातिहरूको तुलना गर्दाखेरि ती विशिष्ट लक्षण कहिले एउटा लक्षण, कहिले अर्को लक्षण, कहिले तेस्रो लक्षण स्पष्ट रूपमा देखा पर्ने गर्छ । उपर्युक्त सबै विशिष्ट लक्षणको मेलबाट जाति बनेको हुन्छ ।
स्टालिनका अनुसार जातीय चरित्र भनेको एक जनजातिको जनतालाई अर्को जनजातिको जनताबाट छुट्याउने विशिष्टताको कुल जोड हो । एक जातिलाई अर्को जातिबाट छुट्याउने शारीरिक तथा बौद्धिक विशिष्टताको सम्पूर्णता हो । जातिहरूको माझ होइन बरु प्रभुत्वशाली जातिका र पछिल्तिर घकेलिएका शासकका माझ सङ्घर्षको थालनी र विकास भएको हो ।
पुँजीवादी व्यवस्था ई।सं। १४९२ पछि सुरु भएको हो । त्यतिखेर कोलम्बसले अमेरिका पत्ता लगाउने काम भएको थियो । त्यसपछि एउटा महादेशमा पुग्ने समुद्री बाटो पत्ता लागेपछि व्यापार–व्यवसाय फस्टाउँदै गएको हो । व्यापारी वर्गले उद्योग खोल्ने र बढी नाफा कमाउने गर्न मजदुरको हितमा र पछि किसानलाई पनि आफ्नो नेतृत्वको मातहत बनाए । त्यसपछि मात्र पुँजीपतिले सामन्ती सत्ता विस्थापन र पुँजीवादी सत्ता स्थापना हुँदै र गर्दै गएका हुन् ।
अहिलेसम्म पुँजीवादी व्यवस्था एकाधिकारी र साम्राज्यवादी अवस्थामा सञ्चालित छ । पुँजीपति वर्गले नेतृत्वकारी भूमिका खेलेको थियो । तरुण पुँजीपति वर्गको निम्ति मुख्य समस्या बजारको समस्या हो । बजार नै त्यस्तो पहिलो पाठशाला हो, जहाँ पुँजीपति वर्गले आफ्नो राष्ट्रवाद सिक्छ ।
कुन हदसम्म जातिका व्यापक तहहरू सर्वहारा र किसान जनता त्यसमा सहभागी हुन्छन् भन्ने कुराले जातीय आन्दोलनको तागतलाई निर्धारण गर्दछ । जति जति शोषित–उत्पीडित श्रमजीवी वर्गमा वर्गीय चेतना स्थापित गर्ने र राजनैतिक पार्टीको झन्डामुनि गोलबन्द गर्ने काम अगाडि बढ्दै जान्छ, जनता राज्यसत्ताको विरुद्ध आन्दोलित हुँदै जान्छन् । त्यसैका लागि कम्युनिस्ट पार्टीले काम गर्ने गर्दछ ।
सर्वहारा वर्ग पुँजीवादी राष्ट्रवादको झण्डामुनि एकत्रित हुन्छ कि हुँदैन भन्ने कुरा जनताको राज्यसत्तामाथिको वर्गचेतनाले निश्चित गर्छ । पुँजपिति वर्ग र सर्वहरा वर्गबिच वैरभावको मात्रा कति उच्च छ भन्ने कुरा र वैरभावको विकासको मात्रामािथ निर्भर गर्दछ । सर्वहारा वर्गको वर्गचेतना तथा सङ्गठनको मात्रामाथि त्यसको तागत अडेको हुन्छ ।
वर्गसचेत सर्वहाराको आफ्नै खारिएको झन्डा छ । त्यसैले उसलाई पुँजीपति वर्गको झन्डामुनि एकत्रित हुनुपर्दैन । ई।सं १८४८ बाट सुरु भएको हसिया–हथौँडाको झ्रन्डा रुस, चीनलगायत धेरै देशका जनवादी आन्दोलनबाट खारिएर संसारभर फैलिएको छ ।
वर्गसचेत सर्वहाराले किसानसँग एकता नगरिकन शोषित–पीडित जनताको आन्दोलन अगाडि बढ्न सक्दैन । जहाँसम्म किसानको सम्बन्ध छ, जातीय आन्दोलनमा उनीहरूको सहभागिता मुख्य रूपले दमनको चरित्रमाथि निर्भर गर्दछ ।
किसानको सङ्ख्या बढी भए पनि सङ्गठित रूपले श्रममा भाग लिएका हुन्नन् । उनीहरूको उत्पादन गर्ने तरिका एक्लाएक्लै जस्तो हुन्छ । साना साना क्षेत्रफलको खेतमा खेती गरिरहेका हुन्छन् एकातिर भने धर्मको प्रभावले गर्दा शोषण सहने क्षमता बढी हुन्छ । यदि दमनबाट जमिनमा प्रभाव पर्छ भने आम किसान जनता तत्कालै जातीय आन्दोलनको झन्डामुनि एकत्रित हुन्छन् ।
उदीयमान पुँजीवादको स्थितिअन्तर्गत हुने जातीय सङ्घर्ष पुँजीवादी वर्गबिचको सङ्घर्ष हो । विकसित अवस्थाका पुँजीवादी वर्गबिचको सङ्घर्ष हो । विकसित अवस्थाका पुँजीवादी देशमा पुँजीवाद प्रतिकृयावादी र मरणासन्न व्यवस्थामा भए पनि पिछडिएका र विकासको अवस्थामा पछि परेका देशमा पुँजीवाद अझै पनि प्रगतिशील व्यवस्था ठहर्छ । त्यसैले किसान प्रत्यक्ष प्रभाव पर्ने गरी उनीहरूलाई राज्यसत्ताको तर्फबाट दमनको कुनै कार्यक्रम भयो अथवा उनीहरूको दैनिकीमा प्रतिकूल अवस्था आयो भने जातीय आन्दोलनमा सहभागी हुन्छन् । आफ्नो सारतङ्खवमा त्यो सधैँभरि पुँजीवादी सङ्घर्ष रहन्छ । त्यो खास गरेर पुँजीपति वर्गका लागि फाइदाजनक र नाफादायक रहन्छ ।
मजदुरहरू सबै खाले अत्यधिक सूक्ष्मदेखि लिएर अत्यधिक भद्दासम्मको जातीय दमन नीतिको विरुद्ध र सबै जातिलाई एकार्काको विरुद्ध उकास्ने नीतिको विरुद्ध लड्छन् र लडिरहने छन् । पुँजीवादी र सामन्ती शासकहरू फुटाऊ र राज गर भन्ने नाममा मजदुर–किसानबिच मात्रै होइन, मजदुर मजदुरबिच तथा किसानबिच मनमुटाव र झगडा पारेर मात्र आफ्नो सत्ता बलियो र टिकाउ बनाउने खेल खेल्छन् ।
उता, मजदुर–किसानहरू सङ्गठित भएपछि मात्र यो वास्तविकता बुझ्न सक्छन् । एक्लाएक्लैको अवस्थामा उनीहरूको व्यक्तिगत आवश्यकता पूरा गर्ने मात्र ध्यान हुँदा शासकका योजना सफल भएका हुन्छन् ।
सानै भए पनि सङ्गठित शक्तिले अत्यन्त ठुलो महङ्खव राख्दछ । सङ्गठनमा आबद्ध हुन शोषणका अवयवहरू धर्म, परम्परा, अघिल्लो–पछिल्लो जुनी, भाग्य, ईश्वरीय अवतार आदिको माध्यमबाट शोषण सहने क्षमता बढाउने, साथसाथै मैले गरेर केही हुन्न भन्ने नकारात्मक सोचाइ बनाउने काम भइरहेको हुन्छ । यी सबैलाई परास्त गर्ने शक्ति सङ्गठनले मात्र दिन सक्छ । त्यसकारण सङ्गठन अत्यन्त महङ्खवपूर्ण शक्ति हो । सङ्गठित भई शक्तिआर्जन गर्न माक्र्सवादले अत्यन्त उच्च प्रेरणा दिन्छ ।
सबै देशमा सामाजिक जनवादले जातिहरूको आत्मनिर्णयको अधिकारको घोषणा गर्दछ । कुनै जातिको विरुद्ध बलप्रयोगको विरोध गर्दा त्यसले आफ्नो भाग्यको फैसला गर्ने जातिको अधिकारलाई मात्र समर्थन गर्नेछ तर आवश्यकता भने वर्गीय स्वार्थ र वर्गीय अधिकारका लागि वर्ग सङ्गठित र सचेत हुने र सचेत बनाउन अध्ययन गर्ने गराउने पार्टी हो ।
हरेक जातिका श्रमजीवी समुदायलाई मुक्त गर्न सक्ने गरी उक्त जातिका श्रमजीवीलाई निश्चित उद्देश्यका साथ आफ्ना परम्परागत रीतिस्थिति तथा विधिको विरुद्ध आन्दोलन चलाउन प्रशिक्षित गर्नुपर्छ । त्यसो गरेर मात्र श्रमजीवी वर्गलाई सचेत र सङ्गठित बनउन मदत पुगछ ।
सर्वहारा वर्ग सबैभन्दा उत्पीडित वर्ग हो । उसको हितको संरक्षण गर्ने सामाजिक जनवादको दायित्व भन्नु र विभिन्न वर्ग भएको जातिका अधिकार भन्नु दुई भिन्नाभिन्नै कुरा हुन् ।
वर्गसचेत सर्वहारा वर्ग पुँजीपति वर्गको जातीय झन्डामुनि एकत्रित हुन सक्दैन किनभने जातीय आन्दोलनको नेतृत्व पुँजीपति वर्गको हातमा हुन्छ । श्रमजीवी वर्गसचेत र सङ्गठित नभएसम्म आफ्नो वर्गीय हितको संरक्षण गर्न, प्रचार गर्न र आफू अनुशासित हुन सक्दैन । यो वर्गीय मुक्तिका लागि गर्ने काम हो ।
जातीय समूहमा वर्ग हुन्छन् तर पनि वर्गीय चेतनाको विकास भइसकेको हुन्न । वर्गमा वर्गीय विश्वदृष्टिकोण र वर्गीय चेतना हुनु ज्यादै महङ्खवपूर्ण विषय हो ।
मानव समाजमा अत्यधिक बढी सङ्ख्यामा श्रमजीवी वर्ग भएको भए पनि सीमित औँलामा गन्न सकिने पुँजीजीवी वर्गले धेरै पुस्तादेखि अधिनायकत्व प्रयोग गरेर शासन गरिरहेको छ । वर्गीय चेतना वर्गमा विकास भएको भए अथवा पुँजीजीवी विरुद्ध श्रमजीवीमा आफ्नो वर्गीय चेतना विकास भएको भए यति लामो समयसम्म शोषण र थिचोमिचो सहेर बस्नुपर्ने थिएन । वर्ग छन् तर वर्गीय चेतना छैन । परिणामस्वरूप शोषण, अन्याय, अत्याचार, दमन सहनुपरेको छ । प्रतिरोधी क्षमता सशक्त भई आन्दोलन उठ्न सकेको छैन ।
पुँजीपति वर्गको पतनपछि मात्र जातीय आन्दोलनको अन्तिम विलयन सम्भव छ ।
पुँजीवादी व्यवस्था नाफामा अडेको व्यवस्था हो । इ।सं। १८४८ सम्म यो व्यवस्था प्रगतिशील थियो । प्रगतिशील भन्नुको अर्थ सामन्ती व्यवस्थाको तुलनामा प्रगतिशील भनिएको हो तर समाजवादी व्यवस्थासँग तुलना गर्दा प्रतिगामी व्यवस्था हो । यसलाई प्रतिगामी प्रमाणित गरेर प्रगतिशील समाजवादी व्यवस्था ल्याउने काम सर्वहारा वर्गको नेतृत्वमा मजदुर–किसानको एकतासहितको कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ । त्यसका लागि सङ्गठित शक्तिको जरुरी पर्दछ । त्यो सङ्गठित शक्ति अवसरवादबाट मुक्त भएका, वर्गीय चेतना बलियो भएका कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको अगुवाइमा मात्र सफल आन्दोलनबाट स्थापित हुने समाजवादी व्यवस्थाबाट सुरु हुन्छ ।
समाजवादी व्यवस्था वर्तमान पुँजीवादी व्यवस्थाको आमूल परिवर्तनबाट सुरु हुने व्यवस्था हो ।वर्गीय चेतनाबाट ओतप्रोत भएको र आन्दोलनको लामो सिलसिलाबाट खारिएको पार्टीको नेतृत्वमा बहुमत जनताको आन्दोलन र तिनीहरूको सहयोगमा सञ्चालन भएको सशस्त्र सङ्घर्षले नियमित सेनालाई हराएर मात्र राज्यसत्तामा आमूल परिवर्तन सम्भव हुन्छ ।
आमूल परिवर्तनपछि बनेको जनवादी राज्यसत्ताले दुईओटा कामको जिम्मा पूरा गर्नुपर्छ स् सत्तासित हुनुभन्दा पहिले आफूले जनताबिच गरेका बाचा अक्षरशस् पूरा गर्ने एउटा काम र रोजगारीको ग्यारेन्टीसहित नाफा कमाउने उद्देश्यका विरुद्धको सामूहिक अर्थतन्त्र भएको राष्ट्रिय र केन्द्रीय व्यवस्थासहितको समाजवादी व्यवस्था निर्माण गर्ने अर्को काम । त्यो व्यवस्था वर्तमान व्यवस्थाको विपरीत भई सञ्चालन हुने वर्गसङ्घर्षमा आधारित व्यवस्था हो ।
समाजवादको शासनअन्तर्गत मात्र पूर्ण रूपमा शान्ति स्थापना हुन सक्छ । फलाम काट्न फलाम नै चाहिन्छ । त्यस्तै, हातहतियारले सुसज्जित सेनासहितको प्रतिकृयावादी राज्यसत्तालाई सेनासहितको आन्दोलनले मात्र हराउन सक्छ ।
एक प्रतिशतको जनशक्ति राज्यसत्तामा संलग्ल भएको हुन्छ । त्यसले उनान्सय प्रतिशतको जनतामाथि शोषण र दमनसहितको शासन सञ्चालन गरेको हुन्छ । उनान्सय प्रतिशत असङ्गठित अवस्थामा रहेका हुन्छन् भने त्यो एक प्रतिशत हातहतियारसहित सङ्गठित भएको हुन्छ । त्यही कारणले धेरै पुस्तासम्म परम्परागत शासन चलेको छ ।
सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा शोषित–उत्पीडित जनता सहभागी भएको आन्दोलन सशक्त हुन सकेको छैन । आन्दोलनको नेतृत्व अवसरवादी र प्रतिकृयावादीहरूले लिन सफल भइरहेको र आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउने गरेको अहिलेसम्मको अवस्था हो । अहिलेसम्म शोषित–पीडित जनतामा वर्गीय चेतना उच्च बनाएर सङ्गठित बनाउने प्रयत्न कमी भएर त्यस्तो नतिजा आएको हो ।
जनता राजनैतिक चेतना उच्च भएर आन्दोलनमा सहभागी भएपछि मात्र राज्यसत्तामा आमूल परिवर्तन सम्भव हुन्छ र सफल हुन्छ । समाजवादको शासनअन्तर्गत मात्र पूर्ण रूपमा शान्ति स्थापना हुन सक्छ तर पुँजीवादको ढाँचाभित्र पनि जातीय सङ्घर्षलाई निम्नतम मात्रासम्म घटाउनु, त्यसको खोइरो खन्नु र त्यसलाई सर्वहारा वर्गका निम्ति सकभर हानि गर्न नपाउने बनाउन सम्भव छ । त्यसका लागि वर्गमा वर्गीय चेतना हुर्काउने न्यूनतम सर्त हाम्रो अगाडि खडा भएको छ । अहिले भएको जल्दोबल्दो आवश्यकता मुलुकलाई जनतान्त्रीकरणको अवस्थामा लैजानु हो । जातिलाई स्वतन्त्र विकासको अवसर दिइनुपर्छ । युगदर्शन बाट साभार
प्रतिकृया दिनुहोस