युवा नेता भण्डारीले गरे काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

युग संवाददाता     889 पटक पढिएको    

युवा नेता भण्डारीले गरे काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


धनगढी, १० मंसिर नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष युवा नेता क्षितिज भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
 नेता भण्डारीले शुक्रबार नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिल्लर नबर ७५३  १७१ लाई साक्षी राखेर आफूले राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव वकालत गर्ने बताए । साथै नेता भण्डारीले कैलाली र कन्चनपुरको सीमा क्षेत्रबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।

मलाई कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिले अमूल्य मत दिएर महाधिवेशन प्रतिनिधिमा विजयी गराएका छन्, उनीहरुको विश्वासलाई टुट्न नदिन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हो उनले पत्रकार सम्मेलनमा बताए ।  ’आफूले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भिजन सहितको मिसन बोकेर पार्टीलाई ‘स्मार्ट कांग्रेस’ बनाउन नेतृत्वको अभियान चाल्ने योजना रहेको पनि उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले भने,‘मैले सीमामै उभिएर केन्द्रीय सदस्य उम्मेदवारीको घोषणा गर्नुको कारण प्रवास जानेहरुको पीडा बुझेको र कोरोनाका बेला सीमामा नेपालीहरुले पाएको दुःख देखेका कारण यहीँ क्षेत्र रोजेको हुँ ।’ सीमाबाटै केन्द्रीय सदस्यको घोषणा गरेर नेता भण्डारी कञ्चनपुरहुँदै देश दौडाहामा निस्केका छन् ।
 



शुक्रबार १०, मङि्सर २०७८ ०६:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal