माओवादी केन्द्र बलियो भयो भने राष्ट्र  बलियो हुन्छ प्रचण्ड

युग संवाददाता     584 पटक पढिएको    

माओवादी केन्द्र बलियो भयो भने राष्ट्र  बलियो हुन्छ प्रचण्ड


 धनगढी मंसिर ८ पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भयो भने राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने र कमजोर भए पाएको अधिकार पनि गुम्ने बताए ।

उनले आफू यो कुरा भावनामा आएर बोलेको नभई देखेर र भोगेर भनेको बताए । अध्यक्षले भने, ‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभई सम्पूर्ण जनताको हो ।’

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भजनी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन अध्यक्ष प्रचण्डको आग्रह गरे ।

उनले भने, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस् । जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस् । जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’

अध्यक्ष प्रचण्डले् आफूलाई शिलान्यास र उद्घाटन दुबैको अवसर आफूलाई प्राप्त भएको भन्दै अब काम राम्रो भयो भने आफ्ना लागि सन्तुष्टीको विषय हुने बताए ।

एकअर्को प्रसंगमा उनले अहिले गठबन्धन सहितको नया“ सरकार बनेर सरकारको पनि बलियो एकताको आधारमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘यसै क्रममा अहिले पा“च दलीय गठबन्धनको एउटा समन्वय समिति पनि बनेको छ । यसले गठबन्धनलाई अझै बलियो बनाएको छ ।’

अध्यक्षले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधिनता सुदृढ नहु“दासम्म र जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताए । उनले अबको लडाई शान्तिपूर्ण प्रतिष्पर्धाकै रुपले संविधान संशोधन र परिमार्जन गर्दै अगाडि बढ्ने बताए । उनले अब कुनै पनि प्रतिक्रियावादी जालझेल र षडयन्त्रलाई सफल हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।



बुधबार ०८, मङि्सर २०७८ ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.