पानी पालकका फाइदा तथा औषधीय गुण

युग संवाददाता     1007 पटक पढिएको    

 

  सागको रुपमा भुटेर या आलुमा मिसाएर तरकारी बनाएर पनि हामी पानी पालक नियमित खाइ नै रहेका हुन्छौं। नियमित रुपमा खान सकेमा पानी पालकले स्वस्थ्यका लागि कयौं फाइदा पुर्‍याइरहेको हुन्छ। 
पानी पालक ले  कोलस्टेरोल बढी हुने र कलेजको समस्या हुनेलाई फाईदा पुगाउदछ । मुटु सम्बन्धी समस्या हुनेले पनि पानी पालक नियमित खाँदा राम्रो हुनेछ। क्यान्सर हुनबाट जोगाउन पनि पानी पालकले केही हदसम्म मद्दत पुर्योएको हुन्छ यसले आँखाका लागि पनि अती उत्तम कार्य गर्दछ । हड्डीको दीर्घ विकासका लागि पानी पालक राम्रो तरकारी हो। अल्सर बिरामीहरुका लागी पनि पानी पालक लाभदायक मानीन्छ। यसले मासिकश्रावको दुखाइलाई कम गर्न मद्दत गर्छ। दाँतको दुखाइ कम गर्न पनि पानी पालकले राम्रो भूमिका खेलेको हुन्छ। मुत्रनली सम्बन्धी समस्या हुनेले पनि नियमित पानी पालक खाँदा राम्रो।  नाकबाट रगत आउने समस्या हुने व्यक्तिलाई पनि पानी पालक  फाइदाजनक छ। 



मङ्गलबार ३०, कार्तिक २०७८ ०४:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal