सेती प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि

युग संवाददाता     1117 पटक पढिएको    

सेती प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि


धनगढी असोज ५ सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा मंगलबार १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८६ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने ५ जना अस्पतालमा भर्न भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।

उनका अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।



मङ्गलबार ०५, असोज २०७८ ०७:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal