काठमाडौँ बैशाख ६ सरकारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी फैलिएपछि वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सिफारिसअनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले मुख्य सहरी क्षेत्रका विद्यालयमात्रै बन्द गर्ने निर्णय गरेको खानेपानी मन्त्री मणि थापाले बताए । उनले भने, ‘भर्चुअल कक्षा सञ्चालन गर्नुपर्छ ।’
त्यस्तै, संसद्को हिउँदे अधिवेशन पनि आजबाट अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस