सुदूरपश्चिममा कोरोना विरुद्धको खोप अभियान सुरु

युग संवाददाता     1195 पटक पढिएको    

सुदूरपश्चिममा कोरोना विरुद्धको खोप अभियान सुरु

 

धनगढी, माघ १४  कोरोना विरुद्धको खोप अभियान आजदेखि देशभर सुरु भएको छ । आज सुदूरपश्चिममा पनि कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको हो।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्।
सेती प्रादेशिक अस्पतालसहित प्रदेशका ९ वटा खोप केन्द्र मार्फत अभियान सुरु भएको घोषणा गरिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन्। उपलब्ध खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ।

संघीय सरकारले सुदूरपश्चिमका लागिे कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको छ।



बुधबार १४, माघ २०७७ १२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal