११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

युग संवाददाता     1460 पटक पढिएको    

११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ
फायल फोटो

 


सुरेश बिडारी/अनलाइनखबर

, वीरगञ्ज ११ माघ,  । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज(१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।


मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।

घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।

बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।



आइतबार ११, माघ २०७७ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.