अनेरास्ववियूले देखायो मन्त्री ठगुन्नालाई  कालो झण्डा

युग संवाददाता     1034 पटक पढिएको    

अनेरास्ववियूले देखायो मन्त्री ठगुन्नालाई  कालो झण्डा

 

 धनगढी पुस २८ सत्तारुढ नेकपा ओली पक्ष  द्वारा आयोजित सभालाई सम्बोधन गर्न मंगलबार बझाङ जिल्लाको च‌ैनपुरमा पुगेका सामान्य प्रशासन  मन्त्री गणेश ठगुन्नालाई प्रचण्ड ( नेपाल निकट अनेरास्ववियूले कालो  झण्डा सहित विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमका विरुद्ध  उनीहरुले सडकमा  कालो झण्डा देखाउदै टायर बालेर प्रदर्शन गरेका थिए । मन्त्री ठगुन्नाको टोलीमा सांसद भैरवबहादुर सिंह , सत्तपक्षीय अनेरास्ववियूका  संयोजक ऐन महर लगायत थिए ।


अनेरास्ववियूले प्रतिगामी कदम चालेको भन्दै संघीय सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।



मङ्गलबार २८, पुष २०७७ ०६:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal