मार्जिन कारोबारको लागि ११ वाणिज्य बैंक योग्य हुँदा नविल र स्टान्डर्ड चार्टर्ड अटाएनन्

अर्थ समाचार

Yugnepal     948 पटक पढिएको    

मार्जिन कारोबारको लागि ११ वाणिज्य बैंक योग्य हुँदा नविल र स्टान्डर्ड चार्टर्ड अटाएनन्

। मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सुचि अपेक्षाकृत देखिएन । नेप्सेमा सुचिकृत २ सय भन्दा बढी कम्पनीहरु मध्ये ३१ वटा कम्पनी मात्रै मार्जिन कारोबारको लागि योग्य ठहरिएका छन् । २८ वटा वाणिज्य बैंकहरुमा ११ वटा मात्रै वाणिज्य बैंकहरु मार्जिन कारोबारको लागि योग्य देखिएका छन् । त्यस्तै विकास बैंक तर्फ ६ वटा, लघुवित्त तर्फ ९ वटा, हाइड्रो तर्फ ३, होटल १ र अन्य तर्फ नेपाल टेलीकम अटाएको छ । वित्त कम्पनीहरुमा मार्जिन कारोबारको लागि कुनै पनि योग्य देखिएनन् ।

मार्जिन कारोबार सम्बन्धि लामो समय सम्म अन्योलता छाएसंगै धितोपत्र बोर्डको रोहबरमा नेप्सेलाई मार्जिन ट्रेडिंग सम्बन्धि कार्य्विधि बनाउन निर्देश दिएको थियो । सोहि निर्देशन बमोजिम “नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्जिन कारोबार सुविधा सम्बन्धि कार्य्विधि, २०७५“ तयार गरि आवश्यक कार्य गर्नका लागि ब्रोकर तथा सम्बन्धित सबैका लागि सूचना जारी गरि सकेको छ । भने कस्ता कम्पनीहरुको मार्जिन ट्रेडिंगको लागि योग्य कम्पनीहरुको सुचि पनि तयार पारेको छ । नेप्से उक्त सुचि प्राकाशित गरेसँगै शेयर बजारमा तरंग उत्पन भएको छ । निकै उत्कृष्ट र लगानीकर्ताका नरजरमा रेहका कम्पनीहरु सुचिमा अटाउन सकेका छैनन् । किन अटाउन सकेनन् त उत्कृष्ट मानिएका कम्पनीहरु पनि मार्जिन ट्रेडिंगका लागि नेप्सेले तयार पारेको उक्त सुचिमा रु जुन कम्पनीका लागि वाधक बने नेप्सेले व्यवस्था गरेका कार्यविधी दफा ८ मा तोकिएका यि व्यवस्थाहरु स्

कुनै पनि कम्पनी जो कारोबारका लागि नेप्सेमा सुचिकृत रहेको भएपनि उसका शेयरधनीहरु कम्तीमा १० हजार हुनु पर्ने छ साथै कम्पनीको चुक्ता पुंजी भन्दा खुद सम्पत्ति अधिक रहेको हुनु पर्ने छ । कम्पनीले पछिल्ला दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशतको लाभांश वितरण गरेको, अघिल्लो आर्थिक बर्ष अवधिभरमा दोेस्रो बजार अन्र्तगत कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार गरेको साथै छ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनु पर्ने छ । मार्जिन कारोबारका नेप्सेले तयार पारेको कार्यविधी पुरा गर्न नसक्दा नविल बैंक स्टान्डर्ड चार्टर्ड बैंक, युनिलिभर, नागरिक लगानी कोष लगायतका उत्कृष्ट भनिएका कम्पनि पनि अयोग्य देखिएका छन् ।

कसले दिन्छ मार्जिन कारोबार सुबिधा रु
कम्तिमा पाँच करोड रुपैयाँ बराबरको खुद सम्पत्ति भएको ब्रोकरले नेप्सेबाट अनुमति लिनु पर्ने छ भने धितोपत्र बोर्ड अनुमति पत्र र नेप्सेको सदस्यता नविकरण भएको हुनु पर्नेछ । साथै हरेक आर्थिक वर्षको समाप्तिसंगै नविकरण गरिएको हुनु पर्ने छ । कारोबारका दौरान ब्रोकरले कार्य्विधि प्रतिकुल वा लगानीकर्ताको हित विपरित कार्यगरेको ठहरिएमा स्वत अनुमतिपत्र खारेज हुनेछ भने सम्झौतामा उल्लेखित मितिसम्म उक्त मार्जिन कारोबारको दायित्व बहन गर्नु पर्ने छ ।

मार्जिन ट्रेडिंगका लागि लगानीकर्ताले के गर्नु पर्छ रु
मार्जिन कारोबारका लागि अनुमति प्राप्त ब्रोकरबाट लगानीकर्ताले मार्जिन खाता खोल्नु पर्ने छ साथै ग्राहक परिचय विवरण के वाई सी भर्नु पर्ने छ । त्यसपछि उपलब्ध शेयरको १८० दिनको औसत मूल्यको ५० प्रतिशतले हुन आउने रकम सुरु मार्जिन अर्थात् इनिसियल मार्जिनको रुपमा लगानीकर्ताको आदेश पुर्व लिनु पर्ने छ । जसलाई ब्रोकरले जोखिमको आधारमा लगानीकर्तासंग बढी पनि लिन सक्ने छन् । त्यसै गरि सम्भार मार्जिनको रुपमा ४० प्रतिशत रहने छ भने हरेक दिनको कारोबारको अन्तिम विन्दुलाई गणना गर्दा न्युनतम ४० प्रतिशत वास्तविक मार्जिनको रुपमा कायम हुनु पर्नेछ । वास्तविक मार्जिन ४० प्रतिशत भन्दा कम हुन आएमा मार्जिन कल गरिने छ । मार्जिन कल गरेको दोस्रो कार्य दिन भित्र नगद अथवा उपयुक्त शेयर जम्मा गरि वास्तविक मार्जिन ४० प्रतिशत पुर्याउनु पर्ने छ । बैंकिङ खबर
मार्जिन कारोबारको लागि योग्य कम्पनीहरुको सुचि ः



आइतबार १७, चैत २०७५ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.