युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

Yugnepal     885 पटक पढिएको    

युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ


कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आज बिहान पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई ४ वटैलाई घरबाट पक्राउ गरिएको न्यौपानेले बताए ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

युवती माथि गत भदौँ ११ गते राती सामूहिक बलात्कार भएको थियो । राति पल्लो घरमा रहेका बुबासंग मोवाइल माग्न जाने क्रममा उनी चार जनाद्धारा बलत्कृत भएकी हुन ।

मलाई अपहरण गरेर नजिकैको खेतमा लगेर त्यो समूहले बलात्कार गरेको हो उनले प्रहरीलाई भनेकी छन् । उनले पीडकहरुका विरुद्धमा बालिकाले शनिबार प्रहरीलाई बयान दिएकी हुन् ।

बलात्कार लुकाएर बसेकी ती किशोरीको अवस्था बारे उनका साथीहरुले खोजी नीति गर्ने क्रममा भदौ १२ गते साँझ मात्रै उनले आफू बलात्कृत भएको बताएकी थिएन ।

बालिकाकी आमा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ उनी बाजे, बज्यै र बु्बासंगै बस्दै आएकी छन् ।



आइतबार १४, भदौ २०७७ १०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.