सेती  प्रादेशिक अस्पतालमा गरिएको  परिक्षणमा धनगढी  उपमहानगरपालिकाका  ट्राभल हिस्ट्री  नभएका २ जना  स्थानीय  वासिन्दामा  कोरोना संक्रमण   पुष्टि भएको छ  ।  सेती अस्पतालमा  शुक्रवार धनगढी उपमहानगरपालिकाका  ३० जनामा  कोरोना पुष्टि भएको थियो  ।यससँगै  धनगढी उपमहानगरपालिकामा ट्राभल हिस्ट्री  नभएका कोरोना संक्रमितको संख्या  १८ पुगेको छ ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी उपाध्यायका अनुसार शुक्रवार धनगढी वडा नम्बर ४ का एक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा व्यवसाय गरिरहेका उनी कोरोना संक्रमण देखा परेदेखि कतै बाहिर गएका छैनन । त्यस्तै स्वास्थ्य संस्थामा कार्यरत वडा नम्बर १४ की एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ । उनको पनि ट्राभल हिस्ट्री छैन ।
धनगढीमा शुक्रवार सबै भन्दा बढी वडा नम्बर १२ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर ३ का १ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ११ का ३ जना, वडा नम्बर १३ का १ जना, वडा नम्बर १४ का ६ जना, वडा नम्बर १८ का ६ जना र वडा नम्बर १९ का २ जना रहेका छन् ।
स्वास्थ्य अधिकृत उपाध्यायका अनुसार धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १ शय ३२ जना निको भैसकेका छन् भने एक्टिभ संक्रमित १५ महलिा र २१ पुरुष गरि ३६ जना रहेका छन्
प्रतिकृया दिनुहोस