सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण पुष्टी

Yugnepal     1222 पटक पढिएको    

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण पुष्टी

 


 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा ४३ जनामा कारोना संक्रमण पुष्टी  भएको छ ।

 स्वास्थय मन्त्रालयका अनुसार आज डडेलधुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका ११ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 यसै गरीसेती अस्पतालको प्रयोगशालामा गरिएको प्रयोगशालामा ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ८६ स्वाव परिक्षणमा कैलालीका ९ महिला र १२ पुरुष, अछामका ४ महिला र तीन पुरुष, बझाङका २ महिला र १ पुरुष तथा कञ्चनपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज संक्रमण पुष्टी भएका हरुमा कैलालीमको लम्कीका ९ महिला र ८ पुरुष, गोदावरी नगरपालिका ४ का एक पुरुष,  भजनीका दुई पुरुष र टिकापुर नगरपालिका–५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यसै गरी आजनै बझाङको जयपृथ्बी नगरपालिकाका एक महिला र एक पुरुष, खप्तड छान्न गाउँपालिकाकी दुई महिने बालिका, बान्नी गढी अछामका ४ महिला र दुई पुरुष र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्ठले बताए ।



बुधबार २१, साउन २०७७ ०६:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.