किन जारी गर्छ केन्द्रिय बैंकले रिपो, अन्तर बैंक ब्याजदरको भुमिका के हुन्छ

अर्थ समाचार

Yugnepal     855 पटक पढिएको    

किन जारी गर्छ केन्द्रिय बैंकले रिपो, अन्तर बैंक ब्याजदरको भुमिका के हुन्छ


किन जारी गर्छ केन्द्रिय बैंकले रिपो, अन्तर बैंक ब्याजदरको भुमिका के हुन्छ
 । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि हुँदा बजारमा तरलता पठाउने गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्ट बताउँछन् । ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंकहरुले राष्ट्र बैंकमा अनिवार्य नगद मौज्दात ९सिआरआर० बापत ४ प्रतिशत राख्नु पर्ने हुन्छ । बैंकहरुले सिआरआर बापत राष्ट्र बैंकमा जम्मा गरे पश्चात बाँकी रहेको रकमलाई अधिक तरलता भनिन्छ । हाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट कार्यान्वयनमा ल्याएकोे सञ्चालन उपकरण भनेको अन्तर बैंक ब्याजदर हो । बैंक तथा वित्तीय संस्थाहरुले सिआरआरको रुपमा अनिवार्य राख्नुपर्ने बाहेको मौज्दातलाई अहीलेसम्म अधिक तरलताको रुपमा लिने गरेको छ ।

राष्ट्र बैंकले ब्याजदर कोरिडोरलाई विगत ३ बर्ष देखि विभिन्न तरिकाले अभ्यास गरिरहेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिले ब्याजदर कोरिडोर अन्तर्रगत ५ प्रतिशतलाई पोलिसि रेट, ६ दशमलव ५ प्रतिशतलाई कोरिडोरको सिलिङ र ३ दशमलव ५ प्रतिशतलाई कोरिडोरको फ्लोर निधारण गरी बैंक तथा वित्तीय संस्थाको नियमन गरिरहेको छ ।

अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि जाँदा राष्ट्र बैंकले रिपो मार्फत बजारमा तरलता प्रवाह गर्छ भने बजारमा तरलता बढी भएको अवस्थामा रिर्भर्स रिपो मार्फत तरलता खिच्ने गर्दछ । विहीबार विहानसम्म बैंकहरुको अन्तर बैंक ब्याजदर ५ दशमलव ११ प्रतिशत रहेको राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले जानकारी दिए । बैंकहरुको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि रहेकोले राष्ट्र बैंकले विगत तीन महिना देखि लगातार रुपमा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गरिरहेको कार्यकारी निर्देशक गुणाकर भट्टकोे भनाई छ ।
बैंकिङ खबर



बिहिबार १४, चैत २०७५ ०२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.