२४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ३७ जनामा कोरोना

Yugnepal     1426 पटक पढिएको    

२४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ३७ जनामा कोरोना

 

 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 डडेलधुरा कोरोना परिक्षण प्रयोगशालामा ४ र सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा ३३ जना गरी २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा थपिएका संक्रमित हरु मध्य डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा डडेलधुराका दुई तथा डोटीका दुई जना रहेका छन् । यसैगरी सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका ३०, कैलालीका २ र बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

 सेती  अस्पतालको प्रयोगशालामा पुष्टिभएका संक्रमितहरु मध्य वेल्डाँडी गाउँपालिकाका २ महिला र ११ पुरुष तथा शुक्लाफाँटा नगरपालिका कञ्चनपुरका तीन महिला र १० पुरुष रहेका छन् । कञ्चनपुरका ४ जनाको  भने पालिका पहिचान हुन नसकोको जनाइएको छ । यो संगै सुदूरपश्चिममा कुल संक्रमतिको संख्या चार हजार ४६ पुगेको छ । हाल सम्म सुदूरपश्चिमबाट दुई हजार बढी कोरोना संक्रमित निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ ।



बिहिबार ०८, साउन २०७७ ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal