लोभलाग्दो कागती खेतीमा  सफल होटल व्यवसायी - भट्राई

Yugnepal     1153 पटक पढिएको    

लोभलाग्दो कागती खेतीमा  सफल होटल व्यवसायी - भट्राई


डम्मर गिरी 

उमेरले ३७ वर्ष पार गर्दै गरेका जोशिला युवा हुन्, खेमराज भट्राई। आफ्नै स्वदेशी माटोमा केही गरौं भन्ने अट्टहास भावना छ, उनमा । उनी कुनै पनि राम्रा योजनाहरूमा अघि बढ्न कत्ति पनि हिचकिचाउँदैनन्। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नम्बर ६ मा उनको जन्मथलो हो। 
निम्न वर्गीय खेती किसानी परिवारमा जन्मेका भट्राई एक सफल होटल व्यवसायी तथा कृषक हुन्। तन, मन, लगन अनि इमानदारिता साथ काम गरे जुनै क्षेत्रको व्यवासायमा सफल भइन्छ भन्ने उनको अनुभव छ। 
आजभन्दा ठीक १० वर्षअघि अर्थात् २०५९ सालमा डडेल्धुराको उग्रतारा उच्च मावि पोखरामा कक्षा ९ को अध्ययन गर्दै पढाई छोडेर भारत हिडे।

भारतमा उनले एउटा आँपको बगैचामा काम गरे। त्यहाँ आँप बगैचामा काम गर्दै गर्दा कृषितर्फ आकर्षित भए। अरुकै बगैचामा काम गर्नुभन्दा आफ्नै ठाउँमा पसिना बगाउनुपर्छ भन्ने जोशका साथ भारतमा काम छोडेर डडेल्धुरा फर्किए। उनका बुवाले सानोतिनो पोखरा बजारमै चिया पसल गरेका थिए। भरतबाट फर्किएर पुनः चिया पसलमा भट्राई बुवालाई सघाउन थाले। डडेल्धुरालाई तरकारीका लागि सुदूरपश्चिमको प्रख्यात जिल्ला मानिन्छ। त्यही भएर होला भट्राईका परिवारले परम्परादेखि नै तरकारी,फलफुल र सुन्तला खेती गर्दै आईरहेका थिए।

खेमराज भट्राई भारतबाट फर्किएपछि पनि व्यापार–व्यवसाय गर्ने सोच नै थियो । उनी त्यतिबेला काँचो माटोसरह थिए । बुवाको पसलमा काम गर्दै गर्दा तराइतिर झरेर व्यापारी बन्ने सोच बनाए। आफुसँग व्यापार गर्नका लागि रुपैयाँ थिएन तर पनि काम गर्ने जोश छ भने रुपैयाँले रोक्दैन भन्ने कुरा सावित गरे। ऋण निकालेर ट्रक किने। ट्रक व्यवसायबाट खासै फाइदा नहुने देखेपछि विस २०६५ सालमा कैलालीको धनगढी झरे। धनगढीस्थित सेती प्रादेशीक अस्पताल र मालपोत जाने सडक लाइनमा शुद्ध शाकाहारी होटल खोले। त्यही होटलबाट उनले राम्रो आम्दानी गरे।

यतिले मात्र पुगेन भट्राईलाई। शुद्ध शाकाहारी होटलबाट आम्दानी गरेर सोही ठाउँमा अर्को होटल खोल्न सफल भए। दुई होटल खोलपछि काम गर्न निकै समस्या भयो उनलाई । निकै दुख कष्ट भोग्नु पर्यो। दुई होटलको आम्दानीबाट धनगढीमा ३÷४ ठाउँमा जमिन समेत किनेका छन्। होटलमा ७ जनालाई रोजगारी दिएको छ। दुईवटा होटल हुँदा पनि अझै अर्को फरक व्यवसायमा हात हाल्ने सोच बनाए उनले। विस २०७४ असोज २ गते कैलाली गोदावरी नगरपालिका खैरानास्थित सरस्वती विद्यालयको ७ विगाहा जमिनमा कागती खेती सुरु गरे। विद्यालयको जमिन १५ वर्षका लागि लिजमा लिएको छ। उनले विद्यालयलाई पहिलो बर्ष १ लाख ६२ हजार तिरेका छन्। 


परम्परागत कृषि पेशालाई विस्थापित गर्दै आधुनिक कृषि प्रणालीका माध्यामबाट  अगाडी बढ्ने सोचका साथ भट्राईले सफल कृषक व्यवसायी पुष्पराज पन्तसँग मिलेर कागती खेती गरे। कागती खेतीका लागि मात्रै भट्राई र पन्तले १ करोड १० लाख रुपैयाँ खर्च गरेको छन्। यो फर्म सुदूरपश्चिमका सवैभन्दा बढी लगानी लगाएको फर्म हो।

जुन भुमी एग्रो सर्विस नामले प्रख्यात छ। दुबै जना मिलेर फर्मका लागि  भारतको कलकता र गुजरातबाट ६ हजार बोट कागती ल्याएर वृक्षारोपण गरेका छन्। उनले नेपाली १६० रुपैयाँका दरले उक्त कागती धनगढी भित्राएका हुन्। कागती मात्रै होइन फर्ममा १५ सय स्क्वायर फिटमा इजरायली टेक्नोलोजी अन्तर्गतको ग्रिन हाउसमा भेडे खुर्सानी र टमाटर समेत फलाउन सफल भएका छन्। २०७४ सालमा रोपेको कागती अहिले बारीमा लटरम्म फलेका छन्।

४० लाखको लगानीमा मात्र थोपा सिचाईको व्यवस्था गरिएको छ। डिप बोरिङको मार्फत प्रेसर मेसिनबाट प्रत्येक कागतीको बोटमा थोपा सिचाईको व्यवस्था गरिएको छ। पन्तले प्राविधीक तर्फ सहयोग गरेका छन्। पहिलो बर्ष व्यवस्थापनमै समय लागेकोले कागती फलाउन नसकिएको भट्राईले बताए। उनले दोस्रो बर्षमा १७÷१८ लाखको भेडे खुर्सानी, कागती र अन्य सामान विक्री गरेको बताए। उत्पादन भएको कागती अत्तरिया, धनगढी हाटबजार र डिपो बजारमा बिक्री गर्ने गरेको छ उनले भने,‘आगामी दिनमा कागती उत्पादनमा वृद्धि गरेर बुटवल,पोखरा र काठमाडौंसम्म पुर्याउने योजना छौं।’

फर्ममा सिङ्लेस कागती, पाते कागती र सुन कागती, लिच्ची र आँपका बोटहरु पनि रहेका छन्, उनले भने, ‘फर्मबाट बोटहरु विक्री, कागती खेती गर्ने किसानलाई परामर्श दिने समेत गरेको छ।’लकडाउनका कारण बजारमा सामान पठाउन समस्या भएको उनको भनाई छ। कात्र्तिकमा फूलेको कागती फागुनमा र फागुनमा फुलेको असारमा,असारमा फ’लेको कागती असोजमा टिपिन्छ। बाह्रैमास कागती उनको बारीमा फलिरहेको हुन्छ। उनलाई सुदूरपश्चिममै एउटा उदाहरणीय किसानका रूपमा समेत चिनाएका छन्। कागती खेतीमा उनले नियमित रुपमा ८ देखि १० जनालाई रोजगार दिएका छन्। सिजनका बेला अन्य मजदुरको सहयोग लिन्छन्।‘

खाडी मुलुकको ४० डिग्री तापक्रममा काम गरेर कमाएको पैसा भन्दा मैले दिने पनि कमी छैन’ उनले भने ‘कृषिलाई सबैले व्यवसायिक रुपमा अघि बढाउने हो भने कोही खाडी छिर्नु पर्दैन।’ सिङ्लेस जातको कागती अन्य कागतीको बोट भन्दा राम्रो, उत्पादन बढीे, छिटो फल्ने,दुई वर्षमा दाना लाग्ने,विना बीउ तराई,पहाड र जुनसुकै क्षेत्रमा पनि खेती गर्न सकिने विशेषता रहेको छ। भटराई र पन्तको कृषि प्रतिको लगनशिलता देखेर सरकारी तरकारी विकास निर्देशनालयले अनुदान स्वरुप २१ लख रुपैयाँ उपलव्ध गराएको छ। पन्त र भट्राइले पmर्ममा भmण्डै ९० लाख रुपैयाँ लगानी  गरेका छन्। हालसम्म १५ सय बोट कागतीका विक्री भईसकेका छन्।

फर्मबाट अन्य बोटहरु समेत विक्री गर्ने गरेको छ। आगामी दिनमा कागतीको विस्तारसँगै आफ्नै अचार र लेमनको जुस बनाउने योजनामा छन् भट्राई र पन्त। बजारमा अचार र लेमन जुसको अभाव देखिएकाले बजारमा माग बढ्ने भट्राईको विश्वास छ। सरकारले कागती खेतीका लागि प्याकेज बनाएर किसानलाई उत्साहित बनाउने हो भने देश आत्मनिर्भर हुने छ।



बिहिबार ०८, साउन २०७७ ११:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.