प्रदिप मलासी- बझाङ्ग बझाङ्गको छबिसपाथीभेरा गाउपालिका ३ भट्ट गाउँमा निर्माण सम्पन्न भएको २ महिना नपुग्दै लाङ्गा देवताको मन्दिर भत्किएको छ । वडापालिकाको बजेटबाट २ लाखको लागतमा निर्माण भएको मन्दिर सामान्य पानी पर्दा भत्किएको स्थानीयले बताएका छन ।
उपभोक्ता समिति मार्फत निमार्ण भएको योजना कमसल सामाग्रीको प्रयोग र स्टेमेट बाहिर गएर कमजोर संरचनालाइ गाउपालिकाको अनुगमन टोलीले अनुगमन गरेर प्रतिबेदन दिए र योजना फरफारक समेत गरि सकेको स्थानीयले बताएका छन् । गाउपालिका उपाध्यक्ष राधिका रताला जोशीको संयोजकत्वमा रहेको अनुगमन टोली निर्माण अबधिको दुइ महिना नबिदै भत्केको मन्दिरको अनुगमन भने कसरी गरिएको रहेछ र कुन हिसाबले भुक्तानी गरे छन यो बिषयमा भने स्थानीयमा निकै चासोको बिषय बन्न पुगेको छ । रकम कुम्ल्याउने टालटुल शैलीमा काम गर्दा मन्दिर भत्किएको हो । यसमा पुरै बजेट दुरुपयोग भएको देखिएको छ । वडाध्यक्ष केशवराज जोशीका अनुसार आफुले स्थलगत निरिक्षण नगरेको निरिक्षण पछि मात्र के कसरी भत्किएको हो भन्ने कुरा जानकारी नभएको उनले बताए ।
प्रतिकृया दिनुहोस