लगानी सम्मेलन र बैंक ‘अर्थतन्त्र बढेसँगै बैंकको व्यवसाय पनि बढ्छ’ – बैंकर्स

अर्थ समाचार

Yugnepal     890 पटक पढिएको    

लगानी सम्मेलन र बैंक ‘अर्थतन्त्र बढेसँगै बैंकको व्यवसाय पनि बढ्छ’ – बैंकर्स

लगानी सम्मेलन र बैंक ‘अर्थतन्त्र बढेसँगै बैंकको व्यवसाय पनि बढ्छ’ – बैंकर्स
 । सरकारले यही चैत्र १५ र १६ गते काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनमा ३१ खर्ब लगानीको ७७ वटा परियोजना प्रस्तुत गर्ने तयारी गरिरहेको छ । सम्मेलनमा करिब ६ सय भन्दा बढीको सहभागिता रहने निश्चित भईसकेको छ । लगानी सम्मेलनसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने र त्यसले उद्योग व्यवसायको विकाससँगै रोजगारी बढ्ने अपेक्षा सर्वसाधारणको रहेको छ । सरकाले वैदेशिक लगानी ल्याउनको लागि वाधक बनेका केही कानूहरु संसोधन गरिसकेको छ भने केही कानून अझैपनि संशोधनको प्रक्रियामा रहेका छन् ।

बैंदेशिक लगानी आउँदा अर्थतन्त्रसँगै बैंकिङ क्षेत्रलाई पनि राम्रो हुने बैंकरहरु बताउँछन् । नेपालमा विगत तीन वर्ष देखि लगातार रुपमा बैंकहरुले लगानीयोग्य तरलताको समस्या झेलिरहेका छन् । यस्तो अवस्थामा लगानी सम्मेलन र यसपछि भित्रने वैदेशिक लगानीले नेपालको बैकिङ क्षेत्रमा कस्तो प्रभाव पार्ला भनेर चर्चा गर्ने प्रयास गरेका छौं ।

राष्ट्रिय योजना अयोगले आगामी पञ्च वर्षिय योजनाको लागि गरेको छलफलमा सरकाको दिगो आर्थिक वृद्धिको लक्ष्यलाई पुरा गर्नको लागि पुर्वाधार लगायतको क्षेत्र, उत्पादन र सेवा क्षेत्रमा पाँच वर्षको अवधिमा करिब ९८ अर्ब लगानी आवश्यक पर्ने बताएको थियो । नेपालमा रहेको केही बैंक तथा वित्तीय संस्थाहरु बाहेक अधिकांसमा भने अहिले लगानीयोग्य तरलताको अभाव रहेको छ । यही अवस्थामा नेपाल सरकारले लगानी सम्मेलन गर्न लागि रहेको छ । राष्ट्रिय योजना आयोगले प्रक्षेपण गरेको उक्त लगानीको अवाश्यकतालाई पुरा गर्ने उपयुक्त माध्यमको रुपमा लगानी सम्मेलनलाई प्रयोग गर्न आवाश्यक देखिन्छ । लगानी सम्मेलनसँगै नेपालमा विदेशी लगानी बढ्ने अपेक्षा धरैले गरेका छन् । लामो समयको राजनीतिक अस्थिरता पछि बनेको स्थीर सरकार तथा लगानीको लागि वाधक बनेका कानूनहरुको संशोधन भएको अवस्थामा यस्तो अपेक्षा सान्दर्भिक पनि देखिन्छ ।

लगानी सम्मेलन पछि नेपालमा वैदेशिक लगानीको बढ्नुको साथै बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्ने बैंकिङ विज्ञ डा। गोपाल भट्ट बताउँछन्। विदेशी लगानीकर्ताले आफुले लगानी गर्ने रकमको केही हिस्सा प्रत्यक्ष वैदेशिक लगानीको रुपमा ल्याउँछन जुन पैसा बैंकहरुमा जाने हुनाले बैंकहरुको निक्षेप पनि बढ्ने छ । तर यससँगै लगानी गर्ने परियोजनामा नेपलको पनि आफ्नै लगानी रहने भएकाले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न जान्छ । यतिवेला बैंकहरुको निक्षेप पनि बढ्नु पर्ने हुन्छ । त्यसैको परिणाम स्वरुप बैंक तथा वित्तीय संस्थामा ब्याजदर अझै बढ्न सक्ने डा। भट्ट बताउँछन् ।

के भन्छन् बैंकर्स
लगानी सम्मेलनले वैदेशीक लगानीलाई आकर्षित गर्छ जसले गार्दा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आउँछन् । यसरी विदेशी लगानीकर्ता लगानी गर्न आउँदा उनीहरुले विदेशी मुद्रामा लगानी ल्याउँछन् । यसरी ल्याएको लगानी परियोजनाको कच्चा पदार्थ लगायत विविध सामग्री खरिद गर्न प्रयोग गर्छन् जसले गर्दा बजारमा नगद प्रवाह बढ्न जाने र नगद प्रवाह बढ्दा निक्षेप पनि वृद्धि हुने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री बताउँछन् । अर्थब्यवस्थाको लागि वैदेशिक लगानी भित्रिने उत्साहजनक विषय भएको उनको भनाई छ । अर्थव्यवस्था राम्रो हुँदा बैकिङ क्षेत्रलाई पनि राम्रो प्रभाव पार्ने उनले बताए । अर्थतन्त्र बलियो हुँदै जँदा बैंकिङ क्षेत्रमा पनि लगानीको अवसर बढ्ने कुँवर बताउँछन् । उनीहरुले मेसिनरी लगायत केही बस्तु विदेशबाट ल्याउने भए पनि कच्चा पदार्थ, सिमेन्ट, छड लगायतका बस्तु नेपालमा नै खरिद गर्न तथा नेपाली मजदुर प्रयोग गर्ने हुनाले अर्थतन्त्र चलायमान हुने उनको तर्क छ । समष्टिगत आर्थात् नेटमा भन्दा नेपालको अर्थतन्त्र बैंकिङ क्षेत्र र तरलतामा राम्रो तथा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । सुरुमा उनीहरुको लगानी तथा इक्वीटी नै आउने हुनाले तरलतामा वृद्ध गर्ने र परियोजना सञ्चालनमा आएपछी निमार्ण सामाग्री खरिद गर्न नेपालको बैंक तथा वित्तीय संस्थाको कर्जा आवाश्यक पर्ने भएकोले उक्त अवस्थामा नेपालको बैंकको कर्जादर महगो भयो अथवा कर्जा पाएनन् भने कतिपय लगानीकर्ताले आफ्नै कम्पनीबाट पनि क्रेडिटमा निमार्ण सामाग्री ल्याउने सम्भावना पनि रहने उनको भनाई छ । ब्याजदर र तरलता सहज भयो भने नेपालकै बैंकबाट कर्जा लिएर काम गर्ने उनको भनाई छ । विदेशी लगानी भित्रीएसँगै अर्थतन्त्र राम्रो हुनुको साथै उपभोक्ताको क्रयशक्ति पनि बढ्ने हुनाले समग्रमा बैंकलाई मात्र नभएर अर्थतन्त्रलाई राम्रो हुने उनले बताए ।

यस्तै डेभलपमेन्ट बैंकर्स एशोशिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकाले पनि विदेशी लगानी भित्रिनु राम्रो भएको र यसले बैंकिङ क्षेत्रको विकासमा सहयोग पु¥याउने बताउँछन् । अध्यक्ष ढकालले समग्र अर्थतन्त्रलाई राम्रो गर्ने हुँदा बैंकिङ क्षेत्र पनि त्यसै भित्र पर्ने बताउँछन् । विदेशी लगानी भित्रिदा नगद प्रवाहमा वृद्धि हुने र रोजगारी पनि बढ्ने हुँदा बैंकहरुको पनि व्यवसाय विस्तारमा सहयोग पुग्ने तर्क ढकालको छ । अहिले प्रतिवद्धता गरेको लगानी तत्कालै नआउने हुनाले पनि विस्तारै लगानी आउँदै गर्दा निक्षेप पनि बढने र कर्जाको माग पनि बढ्ने हुन सक्छ । त्यसैले बैंकहरुले पनि निक्षेपको स्रोत बढाउन र लगानी बढाउन सक्षम हुने उनले बताए । बैंकिङ खबर 



बुधबार १३, चैत २०७५ ०४:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.