सुदूरपश्चिममा २३८ कोरोना संक्रमित पुष्टि

Yugnepal     1214 पटक पढिएको    

सुदूरपश्चिममा २३८ कोरोना संक्रमित पुष्टि



धनगढी  सुदूरपश्चिममा दुई सय ३८ जना कोरोना संक्रमित पुष्टि भएको छ  । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालमा २४ र बाँकेको प्रयोगशालामा एक गरी दुई सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ ज्नामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए।

यस्तै बाँकेको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको थियो। उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो। धनगढी प्रयोगशालामा कञ्चनपुरका २०, कैलालीका तीन र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४९ जना, कञ्चनपुरमा ९५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।



बिहिबार ०४, असार २०७७ ०५:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal