रिपोमा व्याजदर कोरिडोरको भुमिका  डा  गुणाकर भट्ट

अर्थ समाचार

Yugnepal     1643 पटक पढिएको    

रिपोमा व्याजदर कोरिडोरको भुमिका  डा  गुणाकर भट्ट


काठमान्डौं  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि हुँदा बजारमा तरलता पठाउने गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्ट बताउँछन् । क, ख र ग बर्गका बैंकहरुले राष्ट्र बैंकमा अनिवार्य नगद मौज्दात ९सिआरआर० वापत ४ प्रतिशत नेपाल राष्ट्र बैंकमा राख्नु पर्ने हुन्छ । बैंकहरुले सिआरआर वापत राष्ट्र बैंकमा जम्मा गरे पश्चात बाँकी रहेको रकमलाई अधिक तरलता भनिन्छ । हाल राष्ट्र बैंकले मौद्रिक नीति बाट सञ्चालनमा ल्याएकोे सञ्चालन उपकरण भनेको अन्तर बैंक ब्याजदर हो । बैंक तथा वित्तीय संस्थाहरुले सिआरआरको रुपमा अनिवार्य राख्नुपर्ने बाहेको मौज्दातलाई अहीलेसम्म अधिक तरलताको रुपमा लिने गरेको भट्टको भनाई छ । अहिले बैंक तथा वित्तीय संस्थासँग सिआरआर बाहेक ३४ अर्ब अतिरिक्त मौज्दात रहेकाले बैंकहरुसँग थप केहि तरलता रहेको देखाउने उनि बताउँछन् ।

राष्ट्र बैंकले ब्याजदर कोरिडोरलाई विगत ३ बर्ष देखि विभिन्न तरिकाले अभ्यास गरिरहेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिले ब्याजदर कोरिडोर अन्तर्रगत ५ प्रतिशतलाई पोलिसि रेट, ६ दशमलव ५ प्रतिशतलाई कोरिडोरको सिलिङ र ३ दशमलव ५ प्रतिशतलाई कोरिडोरको फ्लोर निधारण गरि बैंक तथा वित्तीय संस्थाको नियमन गरिरहेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि जाँदा राष्ट्र बैंकले रिपो मार्फत बजारमा तरलता प्रवाह गर्छ भने बजारमा तरलता बढी भएको अवस्थामा रिर्भर्स रिपो मार्फत तरलता खिच्ने गर्दछ । पछिल्लो समयमा बैंकहरुको अन्तर बैंक ब्याजदर ५ दशमलव ५६ प्रतिशत रहेको कार्यकारी निर्देशक भट्टले बताए । बैंकहरुको अन्तर बैंक ब्याजर ५ प्रतिशत भन्दा माथि रहेकोले राष्ट्र बैंकले विगत तीन महिना देखि लगातार रुपमा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गरेको उनको भनाई छ ।

राष्ट्र बैंकले निरन्तर रुपमा रिपो मार्फत बजारमा तरलता प्रवाह गरिहँदा बैंकहरुसँग सिआरआर ब्यवस्था बाहेक ३४ अर्ब नगद मौज्दात रहेको छ । जुन मौज्दात केही उच्च रहेको कार्यकारी निर्देशक भट्ट बताउँछन् । तर अन्तर बैंक ब्याजदरमा देखिएको उच्च वृद्धिलाई आधार मान्दा बजारमा तरलताको केही दबाबको स्पस्ट झल्केको उनि बताउँछन् । बजारमा तरलता पर्याप्त उपलबध होस भनेर अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि जाँदा राष्ट्र बैंकले रिपो मार्फत नगद प्रवाह गर्ने गरेको उनको भनाई छ ।बैंकिङ खबर 



मङ्गलबार १२, चैत २०७५ १०:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.