सुदुरपश्चिममा १० जनामा कोरोना  संक्रमित

Yugnepal     1173 पटक पढिएको    

सुदुरपश्चिममा १० जनामा कोरोना  संक्रमित

 

धनगढी । सुदुरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित  प्रयोगशालामा परिक्षणका क्रममा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

उनका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको हो। उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा आज नै कोरोना पुष्टि भएको थियो।  यो सँगै सुदुरपश्चिममा संक्रमितको संख्या १५८ पुगेको छ । 

कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो। 

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ बर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो। 

उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा आज नै कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५७ पुगेको छ।



मङ्गलबार २७, जेठ २०७७ ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal