नेपालमा  ५०७ जनामा भेटियो कोरोना संक्रमण

Yugnepal     1007 पटक पढिएको    

नेपालमा  ५०७ जनामा भेटियो कोरोना संक्रमण

 

काठमाडौं। नेपालमा शुक्रवार ४ वजेसम्म ५०७ जनामा भेटियो कोरोना संक्रमण भेटिएको छ। शुक्रवार विहान ९ वजे ४८७ जना रहेकोमा अपरान्ह ४ वजेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले थप २० जना नयाँ संक्रमित भएको बताएको थियो। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रवार २१ जना संक्रमित डिस्चार्ज भइ अस्पतालबाट घर फर्किएको पनि जानकारी दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका १२ पुरुष र ९ महिला डिस्चार्ज भएका  हुन्। 

संक्रमित २० नयाँ मध्ये कैलालीमा ३ जना पुरुष फेला परेका छन्। उनीहरु जानकी गाउँपालिका हुन्। त्यसैगरि पर्शुराम नगरपालिका, डडेलधुराका १ र शिवनाथ एक वैतडीका १ मा पनि कोरोना देखिएको छ।

बाँकेका १४ जना मध्ये राप्ती सोनारीका १ र नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्। रतुवामाई २ मोरङका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो।  

नेपालमा अहिलेसम्म आधाभन्दा बढी जिल्लाका नागरिकलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४० जिल्लामा कोरोना संक्रमण भएको हो। 

शुक्रवार विहान ३० जना नयाँ कोरोना संक्रमित थपिएका थिए। विहानदेखि अपरान्हसम्म ५० जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या रातीसम्म अझै बढ्न सक्ने देखिएको छ। 



शुक्रबार ०९, जेठ २०७७ ०६:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal