बिदेशमा रहेका नागरिक नेपाली हैनन् र सरकार ?

Yugnepal     2330 पटक पढिएको    

बिदेशमा रहेका  नागरिक नेपाली हैनन् र सरकार  ?


लाग्थ्यो दुःख पर्दा देशले सम्झिने छ देशमा सरकार छ । गरिव, बिपन्न, असाहय, मजदुर वर्गको उत्थानका लागि सधै सुखि नेपाली समृध्द नेपालको लोकप्रिय नारा दिदै आएको सरकार यसरी निरीह बन्ला भनेर कल्पना समेत गरेको थिएन ।

यस्तै यस्तै पीडा छन प्रदेशिका सायद यतै केहि काम पाईन्थ्यो भने किन जान्थे होला अर्काको देशमा, ज्याला मजदुरि गर्न , मनभरी पिडा अनि घरका जहान खुसि पार्न सुनौला सपना बोकि बिदेशिएका दाजुभाइ यतिबेला बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण बिदेशका गल्लि गल्लिमा अलपत्र अनि भोकभोकै जिउन बाध्य छन ।

यस्तो दुखदायि पीडा भोगिरहेका नेपालिहरुको गुनासो अहिले सुनिदिने कोहि छैन । दिन दिनै हरेक क्षेत्रको ब्यक्ति सँग हामीलाई उध्दार गरियोस भनी हार गुहार गरिरहेका छन । अहिले सम्मको अबस्थामा भारतमा रहेका आम नेपालिले दिन दिनै कष्टकर जीवन भोगिरहेका छन ।

होटेल, कम्पनि सहित सरकारी कार्यालय तिर काम गर्ने नेपालिको रोजिरोटि खोसिएको छ भने केही बिल्डिगमा चौकादारि गर्ने दाजुभाईको मात्र हातमुख जोडने बाकि छ त्यो पनि कुन दिन खोसिने हो उनिहरुलाई थाहा छैन ।

हुनत यो महामारी बिरुद्ध जुध्न जो जहाँ छन त्यहि बस्दा स्वास्थको हिसाबले राम्रो हुने भनिएको छ तथापि जब मानिस सुख सयलमा जीवन बेतित गरिरहेको हुन्छ त्यो अवस्थामा मात्रै स्वास्थ्यको ख्याल हुने रहेछ अब त रोग भन्दानी भोक र सोगले मर्ने बेला भयो भन्छन् अहिले पनि ती बिदेशीएका युवाहरु संग दैनिक जसो सामाजिक सन्जालका माध्याम फेसबुक, ईमो, वाटसप, भाईबर, टुईटर, ईमेल धलगाएतका सामाजिक संजालमा कुरा भैरहदा उनिहरुको एउटै माग छ हामी हाम्रो देश फर्किने अवस्था के छ रु के पहल भइरहेको छ नेपाल सरकार रु हामिलाई जसरी नी नेपाल फर्काईनु पर्छ हामी नेपाल फर्किन चाहान्छौ हाम्रो एकमुठि शास जसरी पनि प्यारो मातृभुमि नेपाल पुगोस उनिहरु भनिरहेका छन ।

भन्न त सरकाले कसैलाई पनि भोकभोकै मर्ने स्थित आउने छैन भन्छ तर भन्नू र गर्नुमा निकै नै फरक रहेछ कसैलाई गार्हो अप्ठ्यारो परे नेपाली दुवाबासलाई खबर गर्नु त भन्छ तर नेपाली दुताबास कानमा तेल हालेर सुतेको गुनासो गर्छन उनिहरु न त फोन लाग्छ फोन लागेपनि फोन उठ्दैन या आलटाल गरिन्छ खासै चासो दिईदैन भन्छन ।

अब मेरो मनमा अनेक तरहका प्रश्नहरु उब्जिन थाले हिजो चुनावका बेला आफुलाई भोट खसाल्न आउनुहोस भनेर नेपाल फर्काउनु भएको बिर्सेउ के हिजोका चुनाब मा बेलामा घोषणा पत्रमा युवाहरुको रोजगारिको ग्यारेन्टी गरेका छौ भनेको बिर्सेउ रु अब कहिले सम्म राजनिति खिचातानि, भागबन्डामा सिमित रहन्छौ त्यसै चुनावको नारा मात्र बनाएका होैर सुखि नेपाली सम्बृद नेपालिको नारा अहिलेको दुुई तिहाईको सरकारले अलपत्र परेका नेपालिको उद्दारमा किन कन्जुस्याइँ गरेको होला सबैको चिन्ता र चासो बिषय बनिरहेको छ ।

यस्तै विषम परिस्थितिमा बाहिर बाट आउने नागरिकहरुका लागि भनेर देशभरका हरेक स्थानीय तहले हजारौको संख्यामा क्वारेन्टाइनहरु तयार गरिएका छन् । तर ति क्वारेन्टाइमा रहेका सबै जसो बेडहरु भने खाली रहेका छन् । किन उनिहरुलाई आवश्यक चेकजाच गरेर ति क्वारेन्टाइनमा राख्न सकिदैन र सरकार । कि ति क्वारेन्टाइनहरु हामीले यस्तो तयारी गरेका छौ भन्दै मिडियालाई देखाउनका लागि मात्रै बनाए हुन र आज हजारौ नागरिकहरु सिमा नाकामा भोक भोकै अलपत्र परेका छन, ती नेपाली दाजुभाई कोहि कोहि कन्चपुरको बनबासा पुल पारि छन भने कोहि दार्चुलाको महाकालि पारिछन, कति पीडा छ ती नेपाली दाजुभाईमा आफनै माटोमा लास जाओस भनी नदिमा हाम फालेर समेत देश आईरहेका छन ।

भने लाखौ मानिसहरु घर फर्किने आशा बोकि भारतको भुमिमा छटपटाई रहेका छन । के अब उनिहरुलाई भोकै मर्न दिने त रु के अब नेपालिहरु नेपालमै फर्कन नपाएरै रोगले मर्ने हुनत रु के उनिहरुलाई नेपाल फर्काउन पहल नगर्ने त रु फेरि पनि यिनै प्रश्न उब्जिन्छन मनमा अब कुनै पनि हालतमा सुरक्षित तवरले नेपाल सरकारले बिदेशिएका तथा अलपत्र परेका नागरिकलाई नेपाल भित्र्याउनै पर्छ होईन भने यसको ठुलो मुल्य चुकाउनु पर्छ ।

कति निरहि छौ हामी पद अनि कुर्सिका लागि लडिरहने लडाई आखिर कहिले सम्म नि सरकार १ सिमित अौँलामा गनिने बिदेशि नागरिक प्रहरी माथि हात पात गरिरहेका छन तर भारतमा मात्रै ४० लाख बढि नेपाली छन उनिहररु हरेक गल्लिमा भौतारिरहेका छन भारत सरकारलाई नेपाल र नेपाली प्रति कुनै माया र सद्भाव नै छैन उल्टो नेपालको खिचातानिको मौका उठाईदै सिमानाका आफु तिर तान्ने र सिमानाकामा सडक बिस्तार सहित उदघाटन गरिरहेको छ,

काहा छ हाम्रो देश प्रतिको माया र, खै हाम्रो राष्ट्रवाद यतिबेला देश प्रतिको माया र हरेक नेपालिको उध्दार गर्न हामी कोहि नचुक्कौँ। हामी रहे पो हाम्रो देश रहने वाला, जय नेपालि, जय देश ।

परियार क्रियाशिल पत्रकार सँघ सुदुरपश्चिम प्रदेश सह सचिव तथा रेडियो रामारोशन अछामको कार्यक्रम सँयोजक पदमा कार्यरत हुनुहुन्छ ।



मङ्गलबार ३०, बैशाख २०७७ ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.