कोरोनाको खोप पत्ता लगाएको पिटसवर्गका डाक्टरको दाबी

Yugnepal     975 पटक पढिएको    

कोरोनाको खोप पत्ता लगाएको पिटसवर्गका डाक्टरको दाबी

 

२२ चैत, काठमाडौं । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी  यूपीएमसीका डाक्टरले कोरोना भाइरस ९कोभिड(१९०विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् ।

उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका हुन् । यो खोप सुरुमा मुसामा परीक्षण गरिएको थियो । दुई सातामा खोपको प्रभावले मुसामा भाइरसविरुद्ध एन्टिविडिज विकास भएको बताइएको छ ।


यो खोप कोरोना भाइरसका लागि निकै प्रभावकारी हुने र यो खोप लिँदा कुनै पीडा नहुने शोधकर्ताहरुले बताएका छन् ।

उनीहरुकाअनुसार सार्स र मार्स भाइरस पनि कोभिड(१९ सँग निकै मिल्दाजुल्दा थिए । यो अनुभवले अहिले यो खोप बनाउन आफूहरुलाई मार्गनिर्देश गरेको उनीहरुको भनाइ छ ।

विशेषज्ञहरुले यो खोप बजारमा उपलब्ध हुन १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताएका छन् ।

तर यूपीएमसीका शोधकर्ताले समयसीमा सरकारको अनुमोदन र परीक्षणमा निर्भर रहने बताएका छन् । उनीहरुले सरकारबाट अनुमोदन हुनासाथ आफूहरुले यसको परीक्षण सुरु गर्ने बताएका छन्


अनलाइन खबरबाट साभार



शनिबार २२, चैत २०७६ ०८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.