ब्रहमदेबमण्डीबाट सीमा छलेर आएका थिए कञ्चनपुरका संक्रमित

Yugnepal     886 पटक पढिएको    

ब्रहमदेबमण्डीबाट सीमा छलेर आएका थिए कञ्चनपुरका संक्रमित

धनगढी । कञ्चनपुरका कोरोना संक्रमित ४१ वर्षीय पुरुष यही चैत २ गते मात्रै भारत गएको भेटिएको छ । कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनी सहितका १३ भारत र नेपाल दुईवटै देशमा लकडाउन भएपछि नेपाल आएका थिए ।

ब्रह्मदेव क्षेत्रमा भारतीयको ...

फोटो फायल

१३ गते उनी भारतबाट आएर १४ गते सीमामा पुगे । तर गड्डाचौकी नाका वन्द गरेपछि उनीहरु ब्रहमदेवमण्डी क्षेत्र अर्थात भीमदत्त नगरपालिकाको ‐९ मटेनाबाट सीमा छलेर नेपाल आएका थिए । तर शसस्त्र प्रहरीको टोलीले भेटेर समातेर बेदकोट नगरपालिकाको सडकमा ल्याएर छोडेको थियो ।
त्यसपछि उनी सहितका १३ जनाले गाउँमै गएर बस्न खोजे । तर गाउँलेले हल्ला गरेर बस्न नदिएपछि १२ बजे राति नगरपालिकाले क्वारेन्टाइलमा बसाइएको नगरप्रमुख अशोक चन्दले बताए ।

ती १३ जनाको चैत २० गते सेनाले स्वाब संकलन गरेको थियो । अरु सबैको नेगेटिभ देखिए पनि बेदकोट नगरपालिका‐१० चतरीका ती ४१ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ । खेतबारीका नाममा चार कट्टा जग्गा मात्रै भएका दलित परिवारका ती पुरुषका श्रीमति १० वर्षको छोरी र १५ वर्षको छोरा छन् ।

बालवच्चाको पालन पोषणका लागि नै उनी कञ्चनपुरबाट नजिकैको पर्ने उत्तराखण्डको चम्फावत लगायतका जिल्लामा जाने आउने गरिहन्थे । यसपटक पनि सुन्नी गाउँमा सडक खन्ने गरेर उनीहरु त्यता गएका थिए ।

ती संक्रमितलाई शनिबार विहान १० बजे सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको छ ।



शनिबार २२, चैत २०७६ ०७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.