कोरोना संक्रमितको अवस्था सामान्य

Yugnepal     975 पटक पढिएको    

कोरोना संक्रमितको अवस्था सामान्य


धनगढी सुदूरपश्चिममा कोरोना संक्रमितका विरामी चार पुगेका छन । प्रदेशमा एक सय ५१ जनाको प्रयोगशाला परिक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार १८ जना रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।
यस्तै प्रदेशको सेती प्रादेशिक अस्पतालमा मात्र अहिलेसम्म ४९ जनाको प्रयोगशाला परिक्षण गरिएको छ । अस्पतालले सूचना जारी गर्दै आठ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार कोरोना पोजेटिभ देखिएका चारै जना अहिले उपचारमा राखिएको छ । अस्पतालले ती सबैको अवस्था सामान्य रहेको जनाएको छ ।  
कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतयाः रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउ“दै आएका छन् तर शनिबार पुष्टी भएका तीनै जनामा बिना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले बताए ।
अस्पतालका डाक्टर जगदिश जोशीले भने, ‘कोरोना पुष्टि भएका तीनै जनामा कोरोनाको खासै लक्षण देखिएको छैन । लक्षणबिनै कोरोना पोजेटिभ देखाउन थालेपछि अव स्वाब संकलनमा समेत अन्योल बढेको छ ।’
यसअघि कोरोना भाइरस कोभिड १९ को संक्रमण भएका धनगढीका ३४ वर्षीय युवकका परिवारलाई लक्षण देखा नपरेको भन्दै नमूना संकलन नगरी घर पठाइएको थियो । पछि अस्पताल बोलाएर नमूना संकलन गरिएको थियो ।
सेती प्रादेशिक अस्पतालमा हालसम्म २७ जना शंकास्पद विरामीको उपचार गरिएको जानकारी दिए ।
 



शनिबार २२, चैत २०७६ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal