कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसंग तयारी

Yugnepal     867 पटक पढिएको    

कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसंग तयारी

धनगढी । कैलालीका अधिकाँस नीजि अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि कुनै तयारी गर्न सकेका छैनन् । सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमित बिरामीलाई उपचारबाट वञ्चित गर्ने अधिकार नभएको भन्दै तत्काल खोलेर सञ्चालन गर्न आदेश दिएको थियो । तर, कैलालीका नीजि अस्पतालहरु संक्रमणलाई फैलन नदिने योजनाभन्दा पनि उपचार गर्नबाट पनि पन्छिइरहेका छन् ।


चैत १० गते कञ्चनपुरको बेलौरी नगरपालिका लक्ष्मीपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक सुवास चौधरीले बेलौरीबाट विरामी बोकेर माया मेट्रोमा पुर्याएका थिए । रुघाखोकी, ज्वरो लगायतको लक्षण देखिएका ती बिरामीलाई अस्पतालले भने भर्ना गर्न मानेन । अस्पतालले ती विरामीलाई उपचार नहुने भन्दै सेती अञ्चल अस्पताल पुर्याएको थियो ।

ती विरामीले भने–‘सामान्य रुघाखोकी थियो चेकजाँच नगरी सेती पठायो । सेतीमा उपचार गरेपछि ११ गते घर फर्केको थिए ।’

सर्वोच्च अदालतले चैत १८ ९मंगलबार० सर्वोच्चले बिरामी फर्काउने र सेवा छैन जस्ता बहाना प्रयोग नगर्न निजी अस्पताललाई आदेश दिएको थियो । सोही आदेश अनुसार बिहिबारदेखि कैलालीका नीजि अस्पतालहरुले आंशिक रुपमा सेवा शुरु गरेका छन । कैलालीका सबै अस्पतालहरुले सेवा शुरु गरेपनि आंशिक रुपमा सेवा प्रदान गरिरहेको प्राइभेट अस्पताल संघका अध्यक्ष जनक जोशीले बताए ।


उनले भने–‘सरकारी अस्पतालहरुलेनै ओपीडि सेवा बन्द गरेका छन । इर्मेजेन्सी सेवामात्र दिइरहेका छन् । त्यसैले नीजिले पनि इर्मेजेन्सी सेवामात्र दिइरहेका छन ।’ उनले नीजि अस्पताल सबै खुल्ला रहेको बताए ।

विश्वभरीनै कोरोना भाइरस ९कोभिड–१९० ले महामारी ल्याएपछि चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेको थियो । सरकारले लकडाउन जारी गरेसंगै कैलालीमा रहेका अधिकांस नीजि अस्पतालहरुले सेवा दिन बन्द गरेका थिए ।

बिहिबार धनगढीस्थित अधिकाँस नीजि अस्पताल पुग्दा सटर कसैले आधी खोलेका थिए भने कसैले पछाडीबाट खोलेर बसेका थिए । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन नीजि अस्पतालहरु पनि योजना बनाउनुपर्ने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए ।

नीजि अस्पतालहरु सञ्चालन नभएपछि सामान्य विरामी हुँदा पनि आम नागरिकहरु सरकारी अस्पतालनै पुग्नुपर्ने अवस्था रहेको थियो ।

कोरोनाको उपचारका लागि सारथीद्धारा आइसोलेसन स्थापना


कैलालीको धनगढीस्थित नीजि सारथी अस्पतालले भने कोरोनोको संक्रमणको उपचारका लागि अलग्गै आइसोलेसन स्थापना गरेको छ ।

कैलालीका अधिकांस नीजि अस्पतालहरुले इर्मेजेन्सी सेवामात्र प्रदान गरिरहेको भएपनि सारथीले भने कोरोना संक्रमित फेला परे उपचार र निगरानीका लागि आइसोलेसन स्थापना गरेको जानकारी दिए ।


कैलालीको धनगढीस्थित सारथी अस्पतालका व्यवस्थापक बेदप्रकाश जोशीले सरकारले लकडाउन गरेपछि अन्य नीजि अस्पतालहरुले सेवा बन्द गरेपनि आफुहरुले कुनै सेवा नरोकेको बताए । बिहिबार हामी त्यहाँ पुग्दा अस्पतालका बेडहरुमा भर्ना भएका विरामीहरु उपचारमा रहेका थिए । उनले भने –‘हामीले कोरोनाका संक्रमित वा आशंका भएका व्यक्तिहरु उपचारमा आए अलग्गै आइसोलेसनको पनि व्यवस्था गरेका छौं ।’

‘नेपालमा पछिल्लो समयमा कोराना भाईरस ९कोभिड–१९०का कारण देश समस्या ग्रस्त छ । यस्तो बिषम परिस्थितीमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो छ । जसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको झन कोरोना संक्रमण रोक्न महत्वपुर्ण भुमिका रहन्छ’ उनले भने–‘पछिल्लो समयमा बिश्व ब्यापी फैलिएको कोरोना भाईरस संक्रमण फैलिन नदिन हामी साधन स्रोतले भ्याए सम्म सक्दो सेवा दिनवाट पछि नहटी जनताको सेवामा समर्पीत रहेको छौ ।’

छैनन प्रयोगशाला पनि सञ्चालन

कैलालीमा धनगढी डाइगोनेस्टिक, नेश्नल प्याथ ल्याब, लाइफ कियर डाइगोनेस्टिक लगायतका सुविधासम्पन्न प्रयोगशालाहरु पनि अहिले बन्द रहेका छन । एक अस्पताल सञ्चालकले भने –‘कतिपय प्रयोगशालाका सेवाहरु अस्पतालभित्र हुँदैनन । ती परिक्षणका लागि धनगढीमा रहेका सुविधासम्पन्न प्रयोगशालामा पठाउनुपर्ने हुन्छ तर, अहिले ती पनि बन्द रहेका छन् ।’



बिहिबार २०, चैत २०७६ ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.