स्वास्थ्य सामाग्री आइपुगे, परीक्षण मेसिन मंगलबार मात्रै

Yugnepal     989 पटक पढिएको    

स्वास्थ्य सामाग्री आइपुगे, परीक्षण मेसिन मंगलबार मात्रै

 

धनगढी । कोरोना भाइरसको उपचारको लागि स्वास्थ्यककर्मीलाई आवश्यक पर्ने सामाग्री धनगढी पुगेको छ ।
नेपाली सेनाको हेलिकोप्टर ९स्काइ ट्रक० ले पिपिई सेनिटाइजर, मास्क सहितका सामाग्री धनगढी विमानस्थलमा ल्याएको हो । ती सामाग्री ट्रक मार्फत धनगढी ल्याइएको छ ।
ती सामाग्रीको प्रयोग गरेर स्वास्थ्यकर्मीलाई कोरोना भाइरसका विमारीको उपचार गर्न सजिलो हुने भएको छ । नेपाल सरकारले हालै चीनबाट खरिद गरेर ल्याएका ती सामाग्री देशभर पठाउने नीति अन्र्तगत धनगढी पुगाइएको हो । ती सामाग्री प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले ती सामाग्रीको आवश्यक्ताका आधारमा वितरण गर्ने जनाइएको छ ।
सेनाको सोही हेलिकोप्टरमा कोरोना भाइरसका आशंकित ११ वटा नमूना पनि पठाइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका स्वकिय सचिव लोकेन्द्र धामीका अनुसार कोरोना लागेको हो वा होइन भन्ने थाहा पाउने उपकरण भने मंगलबार पुग्ने भएको छ । सो उपकरणको परीक्षण हुन वाँकी रहेकोले आज धनगढी ल्याउन नसकिएको स्वकिय सचिव धामीले बताए ।



सोमबार १७, चैत २०७६ ०३:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.