बुटवलको कोरोना अस्पतालमा एक जनाको मृत्यु

Yugnepal     714 पटक पढिएको    

बुटवलको कोरोना अस्पतालमा एक जनाको मृत्यु


बुटवल - कोरोना भाइरसको संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित बुटवल कोरोना विशेष ९अस्थायी० अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।

कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए। उनी दुबईबाट नेपाल आएका थिए।

बिरामीको मृत्यु भएपछि अहिले अस्पताको बैठक बसेको छ। बैठकपछि थप जानकारी गराइने भएको छ।



आइतबार १६, चैत २०७६ ०३:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.