ग्राण्डीका दुवै शंकास्पद विरामीमा कोरोना नभएको पुष्टि

Yugnepal     878 पटक पढिएको    

ग्राण्डीका दुवै शंकास्पद विरामीमा कोरोना नभएको पुष्टि

काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना गरिएका दुवै शंकास्पद विरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।  झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामी र अर्का काठमाडौंमै रहेका विरामीमा कोरोना भाइरस नभएको पुष्टि ग्राण्डीका बरिष्ठ चिकित्सक डा। चक्रराज पाण्डेले गरे ।

डा पाण्डेले भने “उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन। विरामीमध्ये एकलाई स्वाइन फ्लू र अर्कालाई निमोनिया देखिएको छ ।

विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा रिफर गरि काठमाडौं पठाइएको थियो। कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोनाको परिक्षण गर्न विशेषज्ञ डाक्टरको टोली खटाई परिक्षणका लागि टेकु पठाइएको थियो । परिक्षणमा कोरोना नभइ स्वाइन फ्लू र निमोनिया भएको पाइएको छ । फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

ग्राण्डी अस्पतालमा कोरोनासँग जुध्न विभिन्न सुरक्षा सर्तकता अपनाइएको उनले बताए । प्रत्येक विरामीको ज्वरो नाप्ने लगायतको प्रक्रिया पुरा गरिएको र शंका लागेका विरामीलाई बाहिरै आइसोलेशनमा राख्ने लगायतका विधि अपनाइएको उनले बताए ।  हाम्राकुरा बाट साभार



सोमबार ०३, चैत २०७६ ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal