हिमाली गाउँपालिकाको टोलटोलमा पुगे डक्टर

Yugnepal     1909 पटक पढिएको    

हिमाली गाउँपालिकाको टोलटोलमा पुगे डक्टर


देशकै दुर्गम तथा पिछडिएको क्षेत्रमा पर्ने बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा फैलिएको मौषमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँगाउँमा पुगेर डक्टर सहितकोटिमले उपचार गरिरहेको छ  आइतबार देखि बिहिबार सम्म गाउँपालिका केन्द्रमै डक्टर सहितको स्वास्थ्यकर्मी टिमले उपचार गरिरहेको थियो भने शुक्रबार देखि गाउँगाउँ मै पुगी उपचार गर्ने काम सुरु गरिएको हो ्र
गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको समन्वयमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीको बिशेष पहलमा डक्टर राजु राज जैशी सहित अन्य ४ जना स्वास्थ्यकर्मीहरुको टिम निरन्तर खटिएको छ ्र स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार सुक्रबार हिमाली गाउँपालिका वडा नं ४ को  बोर्ता गाउँमा स्वास्थ्य सिविर संचालन गरि २३७ जनाको उपचार गरिएको थियो भने सनिबार फैती गाउँमा १५६ जनाको स्वास्थ्य उपचार गरिएको छ भने ४ जना संकास्पद बिरामीको नमुना सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ  ्र त्यस्तै गरि आइतबार हिमाली गा।पा। वडा नं ६ धिम गाउँमा स्वास्थ्य सिविर संचालन गर्ने योजना रहेको कुरापनि उहाँले बताउनु भयो ्र
मौषमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाको  माहामारी नियाँत्रन्को लागि डक्टर राजु राज जैशी । हेल्थ असिस्टेन्ट राज बहादुर भण्डारी , अ।हे।व। बासुदेव पाण्डे , सी अ न मि प्रेमकला मल्ल र प्रदेश जनस्वास्थ्य प्रयोग शालाबाट ल्याब टेक्निसियन निरीक्षक राम प्रशाद ओझा सहित अन्य कर्मचारी के।आइ। सिंह मल्ल, मन रिसी पाण्डे र डब्बल भण्डारी खटिएका हुन भने स्थानीय ब्यबस्थापन हिमाली गा पा ४ नं वडा   अध्यक्ष रमेश बिकले गर्नु भएको थियो्र



शनिबार २५, माघ २०७६ ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal