एक लाख मेललाई नास्पाती बनाउँदै कृषी ज्ञानकेन्द्र बाजुरा

Yugnepal     1656 पटक पढिएको    

एक लाख मेललाई नास्पाती बनाउँदै कृषी ज्ञानकेन्द्र बाजुरा

 

 दयाराम पण्डित - बाजुरा। बाजुराका वन क्षेत्रमा पाईने जंगली प्रजातीको मेलका विरुवालाई कृषी ज्ञान केन्द्र बाजुराले नासापाती बनाउने योजना अघि सारेको छन्। जिल्लाका सवै स्थानीय तहमा प्रसस्त मात्रामा जंगली मेललाई कलमी प्रविधी अपनाएर नासपाती वनाउन थालिएको हो।

बाजुराका सामुदायीक वनक्षेत्रमा ५ वर्षमा कम्तिमा १ लाख मेलका वोटलाई नास्पाती बनाउने लक्ष्य रहेको कृषी ज्ञानकेन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताए। यो वर्ष बाजुराका नौ वटै स्थानीय तहका नौ वटा ठाउँमा फागुन पहिलो ह्प्ता बाट १० हजार मेलका बोटलाई नास्पाती बनाउने गरी अभियान अगाडी बढाईएको छ।

बोटको जातीयताका आधारमा बाजुराका बिभिन्न ठाउँमा १२ सय देखि २५ सय मिटर उचाईमा फल्ने गरेको मेलबाट खुदो बनाउने प्रचलन थियो। तर आजकाल त्यो पनि लोप भईसकेको अवस्था छ। जंगली मेल र नास्पातीको परिवार एउटै भएकोले मेलमा नास्पाती कलमी गरी माथिको बोटलाई सजिलै नास्पाती बनाउन सकिन्छ कृषी ज्ञानकेन्द्र प्रमुख सिजापतिले जानकारी दिए।

माथि नास्पाति तल मेलको जरानै हुने भएकोले यसमा रोग कम लाग्ने गोडमेल तथा मलखाद प्रयोग गर्नु नपर्ने र लामो समय सम्म टिकाउ हुन्छ। जंगलमा प्रसस्त मात्रामा आफै उम्रीने भएकोले खेर गईरहेका हजारौं मेलको बोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रुपान्तरण गर्न सकिन्छ कृषी ज्ञान केन्द्र अधिकृत जैसीले भने।

नास्पातिको ताजा फल विक्री जाम तथा जेली बनाउनुका साथै बाँकि नास्पातीबाट बार्जु वाईन तयार गरीने बताइएको छ। यस प्रबिधीबाट नास्पातिका विभिन्न परिकार बनाई  विक्रिवितरण गरी सजिलै आम्दानी गर्न सकिने छ।

स्थानीय तहका मेलका बोटहरु भएका गाउँको पहिचान गरी फलफुल विकास केन्द्र किर्तिपुर काठमाडौंबाट जापनीज नास्पातीको साईन र दक्ष जनशक्ति ल्याएर कम्तीमा २७ जना प्राविधिकलाई कलमी गर्ने तरीका वारे तालिम दिइने कषी ज्ञान केन्द्र प्रमुख  गोविन्द सिजापतिले बताएका छन्।

ज्ञानकेन्द्र प्रमुख सिजापतिले भने, ु२७ जना प्राविधिकहरुलाई यो कामका लागि फिल्डमा परिचालन गरिने छ। मेललाई कलमी गर्ने कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्ने र हरेक वर्ष निरन्तरता दिईने छ। हाम्रो यस अभियानलाई सहयोग गर्न र यसरी कलमी गरेका बोटको संरक्षणका लागि स्थानीय समुदायलाई अनुरोध गर्न चाहान्छौं। कलमी गरेको ३ देखि ४ वर्षमा यी बोटले उत्पादन दिन शुरुगरेपछि पहिलो प्रथमिकतामा ताजा फल विक्री गरिनेछ। नवेचिएको बाँकि फललाई संकलन गरी प्रसोधन उद्योगको स्थापना पश्चात जाम जेली जुस र वार्जु वाईन तयार गरी विक्रि वितरण गरिने छ।ु

मेल कलमी कार्यक्रमबाट ३ देखि ४ वर्ष पछि करिव १ लाख नास्पातीका बोटवाट बार्षिक कम्तिमा पनि १ लाख कुईन्टल नास्पातीको फल उत्पादन गर्ने लक्ष कृषी ज्ञानकेन्द्र संग रहेको बताइएको छ। मेललाई नास्पातिमा रुपमान्तरण गर्न सकेमा बाजुरामा करिव ५० करोड रुपैंया बराबरको ताजा फल उत्पादन हुनेछ।

प्रसोधन उद्योग मार्फत वार्षिक १ करोड बराबरको जाम जेली जुस र वार्जु वाईनको व्यापार गर्न सकिने सम्भावना रहेको छ। कार्यक्रमलार्ई सफल पार्न सम्भाव्यता अध्ययन गरेर मात्र हुँदैन सरोकारवाला सवैको उत्तिकै सहयोग र समन्वय आवश्यक देखिन्छ।   कृषी ज्ञानकेन्द्रको अभियानमा कृषकले संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने हुन्छ कृषी ज्ञान केन्द्र बाजुराका अधिकृत मिनराज जैशीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल गरेका छन्।

जिल्लामा भएका अथाह जडीबुटीको सदुपयोग। बजार नापएर गाईवस्तुलाई खुवाउन बाध्य स्याउ सुन्तलाको उचित बजार ब्यबस्थापन र मेलका बोटहरुलाई नास्पातीमा रुपान्तरण हुने हो भने बाजुरेलीले सधैं गरिबीको सुचाकांकमा नाम लेखाउन अन्त्य गर्न सकिन्छ।   
बाजुरा गरिवी र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने एक बलियो उदाहरण बन्न सक्ने उनको भनाई छ।



शनिबार २५, माघ २०७६ ०७:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.