गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

Yugnepal     1316 पटक पढिएको    

गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

धनगढी ,पुस ८ –  नेपाल सरकारका स्वास्थ्य तथा जनङख्या मन्त्री  भानुभक्त ढकालले गोदावरी नगरपालिकामा निमार्णाधीन गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने बताएका छन । सुदूरपश्चिम भ्रमणका क्रममा रहेका मन्त्री ढकालले वुधवार निमार्णधीन गेटा मेडिकल  कलेजको निरक्षरण  गरेको हुन । निमार्ण समयै  सक्न पनि निर्देशन दिएका छन् । समया अविधी काम सम्पन्न गरे मन्त्रालय रकमान्तर गरी बजेटको व्यवस्थागर्ने  पनि आश्वासन दिएका छन ।  नेपाल सरकारको एक प्रदेश मा एक कलेज र हस्पीटल बनाउने निति सरको रहेकाले  यो निमार्णधिीन मेडिल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा  बनाउन अफ्नो मन्त्रालयले पहल गर्ने बताएका छन् ।  स्वास्थ्य क्षेत्रमा धैरै समस्या रहेकाले समस्याको सामाधन गर्न तर्फ मन्त्रालय लागीरहेका बताए । स्वास्थ विज्ञान प्रतिष्ठान बनाउँदा  निरीक्षण , अनुगमन नियम सयमै काम गर्न सजिलो हुने भएकाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने बताएका हुन ।
‘संघीय सरकारले संघमार्फत प्रत्येक प्रदेशमा एक अस्पताल र एक प्रतिष्ठान बनाउने नीति लिएको छ,’ बुधबार गेटा मेडिकल कलेजको निरिक्षण गर्दै मन्त्री ढकालले भने–‘सुदूरपश्चिमबाट प्रतिष्ठान बन्न सक्ने यहि मात्र हो ।’ उनले भौतिक संरचना निर्माणको अवस्था आशालाग्दो भएको बताउँदै यथाशिघ्र निर्माण कार्य सम्पन्न गरिनुपर्छ ।’ उनले समय अगावै निर्माण कार्य सम्पन्न भए थप आवश्यक रकम निकासा गराउन मन्त्रालयले पहल गर्ने बताए ।


मन्त्री ढकालले भने– ‘नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै कुरा सुधार्नुपर्ने देखिन्छ तर, विश्वमै आ“खाको उपचारमा भने राम्रो छ ।’ उनले गेटा आ“खा अस्पतालले भारतीय नागरिकको पनि विश्वास जित्न सफल भएकोमा प्रशंसा गर्दै– ‘अझै राम्रो र गुणस्तरिय सेवा बनाउन अन्यत्रको अभ्यासलाई पनि आत्मसात गरिनुपर्छ ।’
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले प्रतिष्ठान बनाउन शुरु देखिनै पहल भएको बताए । ‘२०६५ सालदेखि यो कलेजको काम अघि बढेको थियो । त्यस समय दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउन विधेयकको मस्यौदा पनि तयार गरिएको थियो’ मन्त्री भट्टले भने– ‘तर, २०६८ सालमा संविधान सभा विघटन भएपछि त्यसको काम अघि बढ्न पाएन । अब यसलाई प्रतिष्ठानका रुपमा अघि बढाउन स्वास्थ्य मन्त्रीज्यूले नेतृत्व लिनुपर्छ ।’ उनले प्रतिष्ठान भएपछि भारतको दिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड र कर्णाली प्रदेशको ठुलो हिस्सा उपचारका लागि यस प्रदेशमा आउने विश्वास व्यक्त गरे । उनले भौतिक संरचना स्वरुप देखिएपछि पूर्णता हुन नसकेको बताए ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष चेतराज पन्तले आधारभुत भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा रहेकोले अध्यापन कार्यसञ्चालनका लागि यसको प्रतिरुप मोडेलको टुङ्गो लगाइनुपर्ने बताए । उनले यसै आर्थिक वर्षभित्र न्यूनतम उपकरणहरु पनि ल्याइसकिने बताए ।
मन्त्री ढकाल र भट्टसंगै पूर्व अर्थमन्त्री दामोदर भण्डारी, पूर्व सभाषद हरि श्रीपाईलीको पनि उपस्थिति रहेको थियो । मन्त्री ढकालले गेटा मेडिकल कलेजसंगै गेटा आ“खा अस्पताल र कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालको पनि निरिक्षण गरेका थिए ।

स्वायक्त प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने
सुदूरपश्चिम प्रदेशका राजनीतिज्ञ तथा विज्ञहरुले निर्माणाधिन गेटा मेडिकल कलेजलाई स्वायक्त प्रतिष्ठानका रुपमा अघि बढाउनुपर्ने माग गरिरहेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माणाधिन गेटा मेडिकल कलेजसहित पाँच वटा कलेजलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउन विधेयकको मस्यौदा तयार गरे पछि यस क्षेत्रका सरोकारवालाहरुले सो माग गरेका हुन् ।
बुधबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई स्वायक्त प्रतिष्ठानका रुपमा अघि बढाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सुझाव दिए ।
गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउ“दले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा गेटालाई अघि बढाउने ‘मोडेल’ तयार गरेको जानकारी दिए । ‘अहिले मन्त्रालयले सो विधेयकमाथि राय सुझाव लिन अर्थ तथा कानुन मन्त्रालयमा पठाएको छ’ उनले भने । उनले एकिकृत प्रतिष्ठान खर्चिलो र झन्झटिलो हुने भएकाले स्वायक्त प्रतिष्ठान बनाउनुपर्ने सुझाव दिए । उनले भने– ‘संघीय सरकारलाई नियन्त्रण, नियमन र अनुगमन गर्न पनि गाह्रो हुन्छ ।’


मन्त्रीलाई स्वास्थ्य अवस्थाबारे जानकारी
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ ।
मन्त्रालयका निमिक्त सचिव झंकरबहादुर विष्टले मन्त्रालयले तयार पारेको स्वास्थ्य अवस्थाबारेको कार्यपत्र मन्त्री ढकाललाई हष्तान्तरण गरि जानकारी दिएका थिए ।
सो कार्यपत्रमा मन्त्रिपरिषदको प्रतिबद्धता, संघिय र प्रदेश सरकारको बजेट कार्यान्वयन अवस्था, मन्त्रालयले गरेका केहि मुख्य स्वास्थ्य सम्बन्धि कार्यहरु, संघीय सरकारबाट अपेक्षाहरु र प्रादेशिक आयुर्वेद चिकित्सालय सम्बन्धि गतिविधीहरु समेटिएको निमित्त सचिव विष्टले जानकारी दिए ।
सचिव विष्टका अनुसार सुदूरपश्चिम प्रदेशको कुल बजेट १३ अरब ६५ करोड ३५ लाख ७१ हजार रहेकोमा सामाजिक विकास मन्त्रालयको तीन अरब ३४ करोड ७५ लाख ७१ हजार रहेको छ । उनले प्रदेशमा स्वास्थ्य तर्फ एक अर्व १९ करोड ३९ लाख ४८ हजार रकम विनियोजन भएको जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले कुल बजेटको आठ दशमलब ७५ प्रतिशत र सामाजिक विकास मन्त्रालयले ३६ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ ।
उनले अक्सिजन प्लान्ट खरिद एवं जडान, महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन, विशेषज्ञ स्वास्थ्य शिविर, प्रजनन स्वास्थ्यसंग सम्बन्धित महिलाहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार शिविर, जटिल प्रसुती र जटिल दुर्घटना÷सर्प दंश हवाई उद्दार, स्वास्थ्य सम्बन्धि भवन निर्माण लगायत मन्त्रालयले गरेका मुख्य कार्यहरु रहेको बताए ।
उनले मन्त्रालयको स्वास्थ्य सेवा तर्फको छुट्टै सचिव सहितको दरबन्दी थप गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयलाई प्रादेशिक स्वास्थ्य विभागमा परिवर्तन गरी विभागीय प्रमुखको अधिकार प्रदान गरिनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गरिनुपर्ने, प्रदेश स्तरमा औषधि व्यवस्था विभागको संरचना तयार गरिदिनु पर्ने, स्याटलाईट ट्रमा सेन्टरको व्यवस्था गरिनुपर्ने, सरकारी स्तरमा लागु औषध पुनस्र्थापना केन्द्र निर्माण एवं संचालन गरिनुपर्ने, सेती र डडेल्धुरा अस्पताललाई तीन सय शैयामा स्तोरन्नती गरी विशिष्टिकृत सेवा प्रदान गरिनुपर्ने लगायतका माग राखेका थिए ।    

 

 

 



बिहिबार ०९, माघ २०७६ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.