नेपाली चलचित्रका तीन हस्ती शिव, राजेश र भुवन एकै स्टेजमा सान फ्रानसिस्को,क्यालिफोर्निया । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एल

Yugnepal     2190 पटक पढिएको    

नेपाली चलचित्रका तीन हस्ती शिव, राजेश र भुवन एकै स्टेजमा   सान फ्रानसिस्को,क्यालिफोर्निया ।  चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एल


सान फ्रानसिस्को,क्यालिफोर्निया ।  चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भब्यताका सम्पन्न भएको छ। नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका सुप्रसिद्द कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी कलाकार र १००० को  हाराहरीमा  दर्शकहरुको सहभागीताले हल भरिएको थियो।

आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँ देखी बिश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु,  गायक, गायिका तथा संगीतकारको योगदानलाई बिसिष्ट  ब्यक्तीत्वहरु माझमा सम्मान् गरिएको थियो। कार्यक्रममा चलचित्र शिरोमनी लाइफटाइम अवार्डको सम्मानबाट निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो। त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दशकका माहानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थिए। संगीत महरथीसम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भएका थिए।

श्री गेहेन्द्र धिमाल स्मृति सम्मानबाट   निर्देशक उज्वल घिमिरे सम्मानित भएका थिए भने श्री राम केशर बोगटी स्मृति सम्मानबाट नायक रबिन्द्र खड्का सम्मनित भएका थिए । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानीत भएका थिए भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्र सम्मनित भएको थियो। स्टार अफ दि इएर  आवर्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भएका  छन भने स्टार अफ दि इएयर अवार्ड सम्मानबाट नायिका नम्रता श्रेष्ठ सम्मनित भएकी छन्। सपोर्टिङ एक्टर अफ दि यियर आवर्डको सम्मानले बिक्रान्त बस्नेत सम्मानित भएका छन् । गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्डले सम्मानित गरिएको थियो।

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्डबाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे सम्मनित भएका थिए। जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित भएका  थियो भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्डले सम्मनित भएका थिए ।

समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलाई सम्मानार्थ दिइने अभियानश्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामे बिजेता बन्न सफल हुनुभएको थियो।स्मरण रहोस् नेपाली चलचित्र ईतिहासमा पहिलो पटक नायकहरु शिवश्रेष्ठ, भुवन केसी र राजेश हमाल सम्मान तथा आवर्ड समरोहमा एकै स्टेजमा देखिदा दर्शकहरु निक्कै नै उत्साहित भएका थिए।

चलचित्र शिरोमनी लाइफटाइम अवार्डको सम्मानबाट निर शाह सम्मनित हुँदै गर्दा आफ्नो मन्तब्य राख्ने क्रममा ५४ बर्ष लामो चलचित्र क्षेत्रसँगको संगतमा आफुले धेरै सह्रिदय र आत्मियताले भरिएको सार्है स्नेहयुक्त बातावरणले सजिएको जताततै संगीत र नाटकको माधुर्यता एवम लालित्य छाएको एउटा अलौकिक बातावरण आत्मसाथ गर्न पाए भन्नुभएको थियो। बिदेशको भुमीमा  एउटा मुल्यबान क्षण आत्मासाथ गर्न पाएको अनुभुती ब्यक्त गर्नुभएको थियो । कोरियोग्राफर नोरमन राइले नृत्य प्रस्तुतीको सम्योजन गरेका थिए।

 कार्यक्रममा नायक सुशिल क्षेत्री, नायिकाहरु श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानिय कलाकारहरुको नृत्य तथा ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतीले कार्यक्रम झनै मनोरन्जनले भरिपूर्ण भएको थियो । ८८४८ मिडिया हाउस एलएलसीको निर्देशक तर्फबाट नारायण पुरीले स्वागत मन्तब्य राख्नु भएको थियो भने ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रमुख  नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पारेका थिए।

 नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले निर्देशक तथा निर्माता निर शाहको नेपाली चलचित्र क्षेत्रमा पुर्याउनु भएको योगदानको मुक्तकन्ठले प्रसन्शा गरेका थिए  र अन्त्यमा गोल्डेन स्टेट मुभी मेकर एलएलसीका प्रमुख यज्ञलाल श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रम सन्चालन गर्दा वहाँको मनोरन्जनात्मक सामाग्रीले उपस्थित नायक,नायिका र दर्शकहरुको हासोले हल गुन्जायमान भएको थियो। कार्यक्रम सन्चालनमा सन्दिप बाबु र सन्ध्या केसीले साथ दिएका थिए।पवन पौडेल हाम्रो कुरा बाट साभार



मङ्गलबार १७, मङि्सर २०७६ ०३:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.