विवादपछि १५ केजी तौल घटाएर फिल्ममा तनुश्री

Yugnepal     1888 पटक पढिएको    

विवादपछि १५ केजी तौल घटाएर फिल्ममा तनुश्री


 
एजेन्सी


मुम्बई । भारतीय अभिनेत्री तनुश्री पछिल्लो एक वर्षबाट चर्चासँगै विवादमा रहिन् । अभिनेता नाना पाटेकरमाथि शारीरिक शोषणको आरोप लगाएपछि उनी विवादमा आएकी थिइन् । यो विवादमा उनकै एक वर्षभन्दा लामो समय बित्यो ।

यतिबेला भने यी अभिनेत्री नयाँ फिल्मको तयारीमा छिन् । दक्षिण भारतीय फिल्मबाट बढी व्यस्त भएकी तनुश्रीले बलिउड फिल्म नखेलेको निकै समय भए । अब भने आफू बलिउड फिल्मको लागि तयारीका साथ उत्रन लागेको उनले बताएकी छन् ।

नाना पाटेकर प्रकरणको मुद्दामा आफू तल परेपछि केही समय तनावमा रहेकी यी अभिनेत्रीले यतीबेला भने आफूलाई शारीरिक रूपमा पूर्ण छरितो बनाएकी छन् । बलिउडको एक फिल्मका लागि आफूले निकै मिहिनेत गरेर यतिबेला १५ केजी तौड घटाएको उनले बताएकी छन् ।



बिहिबार २७, कार्तिक २०७७ ११:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.