प्रस्ताव अस्वीकारपछि कंगना रनौतकी दिदिमाथि एसिड प्रहार, यस्तो छ घटना

Yugnepal     1777 पटक पढिएको    

प्रस्ताव अस्वीकारपछि कंगना रनौतकी दिदिमाथि एसिड प्रहार, यस्तो छ घटना

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतकी दिदि रंगोली चन्देल प्राय ट्वीटका कारण चर्चामा रहन्छिन् ।  रंगोली सोशल मिडियामा निकै सक्रिय छिन्। ट्रोलरहरूले उचित जवाफ दिन वा कुनै पनि विषयमा आफ्नो कुरा राख्न  रंगोली कहिल्यै पछि हट्दिनन।

हालै, उनले ट्विटरमा आफ्ना केही पुराना तस्विरहरू शेयर गरेकी छन्, जसमा उनले आफ्नो जीवनको एक समयको बारेमा बताएकी छन् ।

रंगोलीले सर्वप्रथम उनकी आमा र कंगनासँगको एउटा पुरानो फोटो शेयर गरिन् । त्यसपछि उनले कलेजको दिनको तस्वीर शेयर गरिन्, जसमा उनी एकदम साधारण देखिन्छिन्। यस तस्वीरमा रंगोलीले लेखिन्, ुहामीले हाम्रो बाल्यकालको तस्विरका लागि धेरै राम्रो प्रतिक्रिया पायौं। धेरै साथीहरूले मलाई कलेज तस्वीरहरू मागि रहेका छन् । तब हामी विज्ञानका विद्यार्थीहरू थियौं। तब हामीसँग यी सबै चीजहरूको लागि समय थिएन। अर्को एक बार्षिक उत्सवको तस्वीर भेटाइएको छ ।ु

अर्को ट्वीटमा  रंगोलीले लेखिन्, ुयस तस्वीरपछि एक केटाले मलाई प्रस्ताव गरेको थियो। जब म केटाको प्रस्ताव अस्वीकार गरे, उसले ममाथि १ लीटर एसिड फ्याँकिदियो। यस पछि मेरो ५४ पटक शल्यक्रिया भयो ।  यो यकारण गरिइो किनकि हाम्रा आमा बुबाले सुन्दर, बुद्धिमान र आत्मविश्वास भएका छोरीहरूलाई जन्म दिनुभयो। यो संसार बालिकाहरूको लागि राम्रो छैन, सामाजिक कुरितिबिरुद्ध लड्न समय आइसकेको छ। यसले हाम्रा बच्चाहरूलाई सुरक्षा दिनेछ।ु

अर्को ट्वीटमा रंगोलीले लेखिन्, यस हमलापछि मेरो एक आँखा बिग्रयो, जस पछि मेरो रेटिना ट्रान्सप्लान्ट भयो। मेरो एउटा स्तन पूर्ण रूपमा बिग्रियो, जसको लागि मेरो शरीरको विभिन्न भागबाट छाला लिएर मेरो छाला तयार पारिएको थियो । पछि मेरी छोरी पृथुलाई स्तनपान गराउन मलाई धेरै समस्या भएको थियो। तर यी सबै चीजहरूको दौरान मेरो श्रीमान्, बहिनी र परिवारले मलाई धेरै समर्थन गरे।ु



बिहिबार १६, असोज २०७६ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.