गर्भावस्थाको मनोसामाजिक समस्या

स्वास्थ्य

Yugnepal     1080 पटक पढिएको    

गर्भावस्थाको मनोसामाजिक समस्या

गर्भावस्थाको मनोसामाजिक समस्या
डा सुमनप्रसाद अधिकारी

मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने धरै विषयमध्ये यौन विज्ञान पनि एक हो।यौन विज्ञानसँगै जोडिएर आउने अर्को विषय हो, मनोविज्ञान।यौन विज्ञान र मनोविज्ञानबीच दोहोरो सम्बन्ध हुन्छ।यौनिकता, यौन चाहना, यौन सन्तुष्टि आदिको मनोवैज्ञानिक पक्ष रहेको विज्ञानले पुष्टि गरेको छ।

यही सन्र्दभमा महिलाको जीवनमा आउने अवस्था ९रजस्वला, गर्भावस्था, सुत्केरी अवस्था० मा विभिन्न प्रकारका मनोवैज्ञानिक परिवर्तन भइरहेका हुन्छन्।गर्भावस्थामा महिलामा धेरै शारीरिक परिवर्तन भएका हुन्छन्।सँगसँगै गर्भावस्थामा महिलाले मानसिक रुपमा पनि धेरै परिवर्तन अनुभव गर्छन्।

गर्भमा हुर्कंदै गरेको बच्चालाई अनुभव गर्दै आफू आमा भएकोमा गर्व गर्ने, उत्साहित हुने, सपना सजाउने आदि सामान्य कुरा हुन्।यही अवस्थामा कसै–कसैलाई भने विस्मय, डर, चिन्ता, अनिश्चिता आदिले सताउने गर्छ।

यस्तो विस्मय, डर, चिन्ता आदिको कारण पत्ता लगाई तुरुन्त निराकरण गर्नुपर्छ।गर्भावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनबारे जानकारी गराउनुपर्छ।

गर्भमा बच्चा हुर्कंदै गर्दा आमाको मानसपटलमा बच्चाको एक खालको तस्बिर बन्छ, अनि आमाले बच्चालाई भावनात्मक रुपले अँगाल्दै जाने र आफ्नो अंशको रुपमा स्वीकार गर्ने हुन्छ ।

मनोविज्ञहरुका अनुसार बच्चाको त्यो अमूर्त तस्बिर र प्रगाढ भावनात्मक सम्बन्धलाई आमाले आफ्नो पूरा नभएका सपना, इच्छा, आकांक्षा पूरा गर्ने माध्यमको रुपमा पनि लिन्छन्।गर्भावस्थामा मनोवैज्ञानिक परिवर्तन आउनुका पछाडि हर्मोनहरुले मस्तिष्कमा ल्याउने जैविक परिवर्तनहरु छन्।

हालसालै ‘नेचर’ म्यागेजिनमा प्रकाशित रिसर्चले गर्भावस्थामा मस्तिष्कको आकार सानो हुने र आकार घटे पनि मस्तिष्कको काम भने झन् तेजिलो हुने देखाएको छ।साथै मस्तिष्कमा न्युरोकेमिकलहरुको मात्रा पनि परिवर्तन हुने रिसर्चले देखाएको छ।

सामान्यतः आमाले भावनात्मक रुपले गर्भको बच्चालाई अँगाल्ने गर्छन्।साथै कतिपय अवस्थामा आफ्नो चाहनाको केन्द्र पनि बनाउँछन्।कहिलेकाहीँ असीमित चाहना राख्नाले आमालाई मानसिक समस्या हुने सम्भावना रहन्छ।यस्ता आमाहरु एङ्जाइटी, डिप्रेसन, साइकोसिस आदि समस्याले ग्रसित हुने खतरा रहन्छ।यी समस्या सुत्केरी अवस्थामा निम्न रुपमा देखा पर्छन्ः

पोस्पार्टम ब्लुज ९बेबी ब्लुज०स् बच्चा जन्मेको ४—५ दिनपछि देखापर्ने लक्षणहरु जस्तो रुन मन लाग्ने, छटपटी हुने, निराशा हुने, निद्रा नलाग्ने आदि।यस्ता लक्षण ३० देखि ७५ प्रतिशत सुत्केरी आमामा देखिन सक्छ ।

पोस्टपार्टम साइकोसिसः सुत्केरी भएको ८ हप्ताभित्र ० दशमलब १ प्रतिशत महिलामा डर लाग्ने, शंका लाग्ने, विभिन्न भ्रम हुने, एक्लै बर्बराउने, नभएको कुरा सुन्ने ९मिथ्याभास हुने० लक्षण देखापर्न सक्छन् ।

पोस्टपार्टम डिप्रेसनः सुत्केरी भएको १२ हप्ताभित्र १० देखि १५ प्रतिशत महिलामा दिक्क लाग्ने, निराशा हुुने, निद्रा नलाग्ने, भोक नलाग्ने, तौल घटबढ हुने, एक्लै बस्न मन लाग्ने आदि लक्षण देखिन्छन् ।

कहिलेकाहीँ यी समस्याहरु सुत्केरी भएको लामो समयसमम्म पनि रहिरहने हुनसक्छ।यस्तो भएमा समस्याको निदान गरी उपयुक्त उपचार पहिल्याउनुपर्छ।

पोस्टपार्टम ब्लुजको लागि विशेष उपचार जरुरी हँुदैन।परिवारको सहयोग, सद्भाव र साथ नै सो समस्या समाधानका उपाय हुन् ।

पोस्टपार्टम साइकोसिस, पोस्टपार्टम डिप्रेसनको भने उपयुक्त औषधि र मनोवैज्ञानिक परार्मशद्वारा उपचार गर्नुपर्छ ।

यस्तो अवस्थामा कहिलेकाहीँ बच्चाको ख्याल नगर्ने, बच्चालाई दूध नचुसाउने, बेसुरका कुरा गर्ने, यो मेरो बच्चा होइन भन्ने जस्ता लक्षण देखिन्छन्।साथै बिनाकारण रोइरहने, निराशा हुने, खानपानमा र सरसफाइमा ध्यान नदिने हुन्छ।आफ्नै बच्चाप्रति शंका लाग्ने र शंकाको भरमा बच्चाको ज्यानसमेत लिनसक्ने डरलाग्दो अवस्थासमेत आउन सक्छ ।

रिसर्चहरुका अनुसार यस्तो बिरामी भएकामध्ये ४ प्रतिशत महिलाले बच्चाको ज्यान लिएको देखिएको छ।जसलाई ‘इन्फ्यान्टिसाइड’ भनिन्छ।त्यसैगरी ५ प्रतिशत महिलाले आत्महत्या गरेको पाइएको छ।यसरी आमा र बच्चाको ज्यानलाई अतरा देखिएको अवस्थामा तुरुन्त अस्पताल भर्ना गरी उपचार सुरु गर्नुपर्छ।

कतिपय अवस्थामा विद्युतीय उपचार प्रणाली ९इसिटी० प्रथम उपायको रुपमा प्रयोग गरिन्छ।यसो गर्दा आमाको स्वास्थ्यमा चाँडो सुधार आउँछ।आमा र बच्चा दुवैलाई दूरगामी असर पर्दैन।

विगतमा कुनै मानसिक समस्या भएर उपचारपश्चात् ठिक भएको वा उपचार नै नगरेका रोगहरु गर्भावस्थामा बल्झने सम्भावना रहन्छ ।

माइग्रेन ९टाउको दुखाई०, मनोत्रास÷मनोचिन्ता ९एन्जाइटी०, डिप्रेसन, उन्माद ९साइकोसिस० र बाइपोलार÷मोनिया गर्भावस्थामा बल्झनसक्ने रोग हुन् ।

गर्भावस्थामा रोग बल्झिएमा उपचार आवश्यक हुन्छ।यस्तो अवस्थामा अति आवश्यक नभएसमम कुनै पनि किसिमको औषधि प्रयोग गर्नुहुन्न भन्ने मान्यता छ।तर कतिपय अवस्थामा औषधिको प्रयोग नगर्दा जटिलता आउने र ज्यानै खतरा हुनसक्छ ।

यही कुरालाई मध्यनजर गरी गर्भावस्थामा प्रयोग गर्ने औषधिको क्याटेगोरी छुट्टाइएको हुन्छ।‘ए’ र ‘बी’ क्याटोगोरीका औषधि गुण र दोष हेरेर चलाउन मिल्छ।‘सी’ र ‘डी’ सकेसम्म नचलाएको राम्रो मानिन्छ।तर ज्यानकै खतरा भएको अवस्थामा यी औषधि चलाउनुपर्ने हुनसक्छ।

‘एक्स’ क्याटोगोरी अत्यन्तै हानिकारक हुनसक्ने हुनाले कुनै पनि अवस्थामा चलाउन हुँदैन।धेरैजसो बिरामीको रोगको अवस्था हेरेर उपचार निर्धारण गर्नुपर्छ।

मानसिक रोगका सामान्य लक्षण छन् भने मनोवैज्ञानिक परार्मशले मात्र पनि निको हुनसक्छ।जटिल लक्षण छन् र उपचार नगर्दा जटिलता बढ्ने तथा आमा–बच्चा दुवैको फाइदा र बेफाइदा, गुण र दोष हेरेर औषधि चलाउनुपर्छ।र, निश्चित समयमा फलोअप गर्नुपर्छ।

विशेषगरी गर्भावस्थाको पहिलो तीन महिनामा बच्चाको अंगहरुको विकास हुन्छ।त्यसैले सो समयमा सम्भव भएसम्म मनोवैज्ञानिक उपचार र सम्भव नभए मात्र क्याटोगोरी ‘ए’ र ‘बी’ का औषधि प्रयोग गर्नुपर्छ।ती औषधि प्रयोग गर्दा आउनसक्ने सम्भावित नकारात्मक असर र जटिलतालाई भने ध्यानमा राख्नैपर्छ ।

सामान्य अवस्थामा पनि १० देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने सम्भावना रहन्छ।त्यसैगरी २ देखि ३ प्रतिशतमा शारीरिक अंगभंग हुने पाइएको छ।मादक पदार्थ, चुरोट, सूर्ति आदि प्रयोग गर्दा बच्चा सानो जन्मने, समय नपुगी जन्मने, अंगभंग हुने सम्भावना रहन्छ।डिप्रेसन, मेनिया जस्ता रोगले समयपूर्व नै बच्चा जन्मने जोेखिम बढाएका हुन्छन्।

गर्भावस्थामा औषधि चलाउँदा अपनाउनुपर्ने सिद्धान्त
( सकेसम्म प्रयोग गर्न निषेध गरिएका औषधि प्रयोग नगर्ने, जस्तोः बालप्रोयेट, कार्वामाजेपिम, लिथियम।
( जबसम्म बेफाइदाको तुलनामा फाइदा बढी हँुदैन, पहिलो तीन महिना सकेसम्म औषधि प्रयोग नगर्ने।
( वैकल्पिक उपचारले नभएसम्म सबैभन्दा उपयुक्त औषधि, सकेसम्म कम डोजमा प्रयोग गर्ने ।
( औषधि खाइरहेका महिलाले गर्भवति हुने इच्छा गरेमा, समस्या नभएको खण्डमा चिकित्सकको सल्लाहमा विस्तारै औषधि घटाउँदै बन्द गर्ने।तर धेरै पुरानो र कडा खालको रोगमा औषधि बन्द गर्नु बुद्धिमानी हुँदैन ।
( चुरोटको लत भएको खण्डमा औषधिको विकल्पमा निकोटिन, रिपलेसमेन्ट थेरापी प्रयोग गर्नुपर्छ ।

अन्त्यमा, गर्भवती महिला र उनको परिवारलाई रोगको बारेमा, उपचारको विधि  र सम्भाव्य जटिलताको बारेमा जानकारी गराउनुपर्छ।साथै गर्भावस्थाको नियमति जाँच गरी विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ। स्वास्थ्य खबरपत्रिका



शनिबार २५, फागुन २०७५ ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.