सरकारलाई समर्थन गरिरहनुको औचित्य छैन राजपा

राजनिति

Yugnepal     876 पटक पढिएको    

सरकारलाई समर्थन गरिरहनुको औचित्य छैन राजपा

 

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्री पद नलिईकन सरकारलाई समर्थन गरेर दुई तिहाईको बलियो सरकार बनाएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको भन्दै राजपाले समर्थन फिर्ता लिएको हो । आधिकारिक वक्तव्यमा यस्तो उल्लेख गरिएको भएपनि नेताहरुले भने अदालतले आफ्ना नेता रेसम चौधरीमाथि जन्मकैदको फैसला गरेकोले समर्थन फिर्ता लिएको बताएका छन्। 

बुधबार कैलाली जिल्ला अदालतकले टीकापुर काण्डका अभियुक्त रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला गरेसँगै आक्रोशित बनेको राजपाले आकस्मिक बैठक डाकी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । राजपाले चौधरीमाथि अदालतले गरेको फैसलाबाट सिंगो पार्टी मर्माहत बनेको समेत बताएको छ । 

अहिले संसद्मा राजपाबाट १६ सांसद रहेका छन् । संघीय समाजवादी फोेरमबाट पनि १६ जना सांसद रहेका छन् । नेकपाको १७२ सांसद सरकारमा छन् । यस अघि २०४ सांसदको समर्थन पाएको ओली सरकारले १६ मत गुमाउँदा पनि दुई तिहाई शक्तिभने कायमै रहेको छ । 



बुधबार २२, फागुन २०७५ ०९:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal