रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

टीकापुर हत्याकाण्ड

Yugnepal     955 पटक पढिएको    

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

टीकापुर हत्याकाण्ड
रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

धनगढी – टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।

लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो ।
अदालतले पक्राउ परेका तीनजना निर्दोश रहेको ठहर गरेको छ ।

के हो टीकापुर काण्डरु कसरी मारिएका थिए एसएसपीसहित ९ जना
 सुदूरपश्चिमका ९ जिल्लाकै एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलन उत्कर्षमा थियो । यस्तै सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेशको माग गरि थारु समुदाय आन्दोलित थिए ।
२०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान प्रदेशको वोर्ड झुण्ड्याउने थारु आन्दोलनकारीहरुको तयारी थियो ।
हजारौँको संख्यामा आन्दोलनकारी टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सुरक्षा कमाण्ड सम्हाल्न आफै टीकापुर पुगेका थिए ।

आन्दोलनकारीहरुको भीड ठूलो थियो । प्रहरीले त्यसलाई रोक्न सकेन । एक्कासी दंगा फैलियो । आन्दोलनकारीको भीडबाट प्रहरीमाथि भाला, तरबार लगायत हात हतियारले आक्रमण भयो ।

प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको निर्मम हत्या भयो । एसएसपी न्यौपानेसहित प्रहरीको निर्मम हत्या भएको उक्त घटनाको मुख्य योजनाकार रहेको आरोप लागेका रेशम चौधरी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

घटना लगत्तै फरार रहेका उनी फरार रहेकै अवस्थामा टीकापुरबाटै प्रतिनिधिसभामा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए । रेशमले चुनाव जितेको केही समयपछि कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए ।

उनलाई केही हप्ताअघि मात्रै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका छन् ।

टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएकोमा आज ९बुधबार० फैसला भएको हो ।

 



बुधबार २२, फागुन २०७५ ०३:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.