भारतमा एयर स्ट्राइकले लोकसभामा कस्तो पार्छ असर रु पहिलेको युद्धमा थियो यस्तो

विदेश

Yugnepal     816 पटक पढिएको    

भारतमा एयर स्ट्राइकले लोकसभामा कस्तो पार्छ असर रु पहिलेको युद्धमा थियो यस्तो

भारतमा एयर स्ट्राइकले लोकसभामा कस्तो पार्छ असर रु पहिलेको युद्धमा थियो यस्तो

नयाँ दिल्ली । पुलवामा हमलापछि भारतले गरेको एयर स्ट्राइक तथा भारत(पाकिस्तान सीमामा तनावकाबीच प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता समेत बढ्न सुरु भएको छ । मार्केट विशेषज्ञ तथा राजनीतिका जानकारहरुका अनुसार पीएमको लोकप्रियता बढ्नुको साथै एयर स्ट्राइकको विषय फेरि विशुद्ध राजनीतिक मुद्दातर्फ फर्किएको छ । राष्ट्रिय सुरक्षा तथा सीमामा आतंकवाद तथा भारत९पाकिस्तानकोबीच बढ्दै गरेको तनाव जस्तो मुद्दामा बीजेपीका नेताहरुले समेत स्वीकार्ने गरेका छन् । आर्थिक स्तरमा सरकारको सामने जुन चुनौतीहरु देखा परेका छन् । त्यो अहिले छायामा परेको छ । अहिले जीडीपीको समस्या, बेरोजगारीमा बढोत्तरी भएको समस्या, किसानहरुको समस्या जस्ता मुद्दाहरु अहिले पछि पर्दै गएको छ।  

युद्ध तथा चुनावको के छ कनेक्शन रु
भारत तथा पाकिस्तानबीच अहिलेसम्म ३ पटक युद्ध भएको हो । सन् १९६५ मा, १९७१ तथा १९९९ मा युद्ध भएको हो । १९६५ मा भएको युद्धको २ वर्ष  पछि १९६७ मा चुनाव भयो । सो समय काँग्रेसको कूल मत ३६१ सीट घटेर २८३ मा सीमित भएको थियो । सन् १९७१ को युद्धको ८ महिना पछि चुनाव भयो । सो समयमा इन्दिरा गान्धीको सत्तामा पुनरावृत्ति भयो । यी ३ युद्धमा युद्धहरुमा कवल १९९९को कारगिल युद्ध मात्रै त्यस्तो युद्ध थियो जुन युद्ध पछि भएको चुनावमा स्थिति बहुमतभन्दा केहि फरक आयो । कारगिल युद्ध मे देखि जुलाईसम्म १९९९मा भएको थियो । यसपछि भएको चुनावमा अटल बिहारी वाजपेयीको नेतृत्वमा बीजेपीको सिट संख्यामा केही खास असर परेन । बरु भोटको प्रतिशत भने बढेको देखिन्छ । 

करगिल युद्धबाट सिक्न लायक कुरा 
१९९९मा कारगिल युद्धको ठीक पछि भएको लोकसभा चुनावमा अटल बिहारी वाजपेयीको नेतृत्वमा बीजेपीको १८२ सीट मिल्यो । यो १९९८ लोकसभा चुनावको सीट संख्याको हिसावमा बराबर थियो । तर भोट भने १ दशमलव ८४ प्रतिशतले बढेको देखिन्छ । यसको सामान्य अर्थ यो मान्न सकिन्छ कि भोट प्रतिशतमा भएको भिन्नताले कारगिल युद्धपछि जनतामा वाजपेयी सरकारको सकारात्मक भावनाको विकास भएको थियो । 

उत्तर प्रदेशमा बीजेपीलाई १९९९ मा लागेको थियो झटका 
अचम्मको कुरा त यो छ कि कारगिल युद्धमा बीजेपीको कुल भोट शेयर बढेको देखिन्छ । तर, उत्तर प्रदेशमा भने यो हिस्सा ९ प्रतिशतले घटेको छ । १९९८ को चुनावमा बीजेपीलाई जहाँ ५७ सिट लोकसभामा जितेकोमा त्यो स‌ंख्या घटेर २९ मा सीमित भएको थियो । विजेपीले दोस्रो ठूलो राज्य पञ्जावमा पनि केही नोक्सानी बोहोर्नु प¥यो । यो दुई राज्यमा भने अन्यत्र जस्तो कारगिल युद्धको विजयी भावको सकारात्मक असर परेन । 

कारगिल युद्धको अर्को पाटो 
कारगिल युद्धमा विजयको प्रभाव सकारात्मक रुपमा नपरेको भन्ने सवाललाई पनि विश्लेषकहरु पूरा रुपमा मान्न भने तयार देखिँदैनन् । अर्को पक्ष भन्ने गर्दछ कि कारगिल युद्धको समयमा रहेको वाजपेयी सरकार कुनै बहुमत प्राप्त पार्टीको सरकार थिएन । सबै जोडतोड गरेर पु¥याएको काम चलाउ सरकार थियो । यसकारण कोही उपलब्धी नभएको कारण पनि १९९९ मा भारतीय जनता पार्टीको सिट कम भएन । यो नै आफैंमा एउटा ठूलो संकेत हो । अर्को पक्षधर विश्लेषक भन्छन् ‘बीजेपीको सीटमा कमि नहुनु भनेको त्यतिबेलाको भारतीय जनता पार्टीको सर्वश्रेष्ठ प्रदर्शन थियो । यस प्रदर्शनको सबैभन्दा ठूलो जस शानदार वक्ता पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको व्यक्तित्व माथि जान्छ । केही राजनीतिक जानकारहरु यो पनि भन्छन् कि काँग्रेस त्यतिबेला आफ्नो आन्तरिक किचलोमा थियो । त्यसैले त्यहाँ भित्र अन्तर्घातका कारण पनि वीजेपीले चुनाव जितेको हुनसक्छ । 

के होला २०१९ मा रु
पहिले केही खस्किएको देखिने मोदीको उचाई पछिल्लो समयमा केही घटनाक्रमहरुले माथि उचालेको छ । अहिले विपक्षीहरुले सेनाको एयर स्ट्राईक माथि नै आशंका गरिरहेका छन् भने मोदीले त्यसैमाथि समेत विपक्षीमाथि धावा बोलिरहेका छन् । यसरी नै चलिरहेको भारतीय राजनीति आगामी ३ महिनासम्ममा कस्तो स्थितिमा पुग्छ रु त्यसमा नै निर्भर हुने देखिएको छ । अहिले विपक्षीहरुले एयर स्ट्राईकको प्रमाण माग गरिरहेका छन् भने सरकारले सेनाको क्षमतामाथि शंका गरेको भन्दै प्रतिरक्षा गरिरहेको छ । यसले चुनावको समयसम्म यही विषयले चर्चा पाईरहने देखिन्छ । 

यसरी चुनावसम्म यही विषयले चर्चा पाईरहँदा धेरैले यसमा मोदीको सफलताको विषयमा आशंका गर्ने र नजानेकाले जान्ने मौका पाउँछन् । त्यसपछि कुनै बाटोबाट मोदीले एयर स्ट्राईकको प्रमाण देखाईदिए भने त्यसले मोदीलाई फाईदा गर्ने देखिन्छ । 



मङ्गलबार २१, फागुन २०७५ ०५:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.